अब घरमै बसी बसी बीमा शुल्क भुक्तानी गर्न सकिने

चैत्र २९, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा शुल्क (प्रिमियम) अब अनलाईमार्फत घरबाटै भुक्तानी गर्नसकिने भएको छ । विभिन्न डिजिटल पेमेन्टमार्फत बीमा शुल्क भुक्तानी दिँदै आएकोमा अब कनेक्ट आईपीएसमार्फत अनलाई भुक्तानी गर्न सकिने भएको हो ।   

कनेक्ट आईपीएसमा आवद्ध कुनै पनि बैंकको खातामार्फत घरमै बसीबसी आफ्नो बीमा शुल्क भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।   

यस्तो सेवाबाट सेवाग्राहीको समयको बचत हुनुका साथै भुक्तानी गर्नपनि ग्राहकलाई सहज हुने कम्पनीको विश्वास छ ।   

null

नेपाल लाइफले आप्mना सेवाग्राहीहरुलाई समय सापेक्ष प्रविधिमैत्री सेवा प्रवाह गर्दै आइरहेको छ । यस अघि नै नेपाल लाइफको प्रिमियम डिजिटल वालेटहरु ई सेवा तथा प्रभु पेबाट अनलाइन भुक्तानी भइरहेको छ । त्यस्तै फोन पे मार्फत आफ्नो बैंक खाता कनेक्ट गरी नेपाल इन्भेष्टमेन्ट बैंकको इन्टरनेट बैंकिंग मार्फत अनलाईन भुक्तानी भइरहेकोसमेत कम्पनीले जनाएको छ ।   

नेपाल लाइफले अन्य डिजिटल पेमेन्ट सिस्टमबाट पनि बीमा शुल्क भुक्तानीको व्यवस्था गर्दै जाने विज्ञप्तीमा उल्लेख गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *