यी मनकारी प्रहरी, जसले अलपत्र परेका ३५ जनालाई खुवाए खाना

वैशाख ९, काठमाडौं । सकारात्मक सोच र पेसाप्रतिको इमान्दारीताका कारण नेपाल प्रहरीका प्रहरी निरीक्षक शंकर खड्काको चर्चामा छन् । राष्ट्र र जनताको सेवामा समर्पित भएकाले नै निरीक्षक खड्काले जनताको माया र साथ पाएका हुन् ।

उनले बलम्वु प्रभागमा बस्दा समेत जनताको साथ र समर्थन पाएका थिए । देशमा कोरोना रोकथामका लागि लकडाउन जारी रहेका बेला खड्काले समस्यामा परेका गरिब परिवार तथा मजदुरलाई साथ दिएका छन् । सरकारले राहतको व्यवस्था परेपनि छाक टार्न मुस्किल भएकाहरुलाई उनले सहयोग गरेका हुन् ।

लकडाउनका कारण गन्तव्य पुग्न नपाएर समस्यामा परेकाहरुलाई खड्काले खाना खुवाएका छन् । बेला लकडाउनका कारण भोकै रहेकाहरूलाई खानाको व्यवस्था गरिरहेको हो । पैदल यात्रा गरी गाउँ फर्कन लागेकालाई ‘भोकलाई अन्न, प्यासीलाई पानी’ वाणीलाई अनुसरण गर्दै रोल्पा प्रहरीले खाना खुवाउन थालेको छ ।

रोल्पाको इलाका प्रहरी कार्यालय घर्तीगाउँले सोमबार पहिलो दिन ३५ जनालाई सामाजिक दुरी कायम गर्दै खाना खुवाइएको प्रहरी निरीक्षक शङ्कर खड्काले जानकारी दिए । उनले इमानदार प्रहरी अधिकृत उपत्याका प्रमुख विश्वराज पोखरेलबाट प्रेरित भएर जनताहरूको सारथी बनेको बताए ।

‘३-४ दिनदेखि पैदल हिँडेर आएका यात्रीहरूलाई खाना खुवाएका छौँ, झोलामा चिउरा दालमोठ लगायत सुख्खा खाना खाँदै आएका उहाँहरुलाई हाम्रो सहयोगले धरै राहत मिलेको छ,’ ईप्रका घर्तीगाँउ प्रमुख समेत रहेका प्रहरी निरीक्षक शङ्कर खड्काले भने ।

प्रहरीको सेवाबाट काठमाडौँ, गोरखा, दाङलगायत विभिन्न जिल्लाबाट हिँडेर आएकाहरूलाई राहत मिलेको छ । आउँदा दिनमा पनि घर फर्कन लागेका बटुवाहरूलाई सेवा गर्ने खड्काले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *