कोरोना जितेर १० लाख मानिस घर फर्किए, संक्रमित र मृतकको संख्या कति ?

काठमाडौं । कोरोना भाइरसको संक्रमण नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । शुक्रबार बिहानसम्म संसारभरका १० लाख ३९ हजारभन्दा बढी मानिस निको भएर घर फर्केका छन् ।

गत २४ घन्टामा १५ हजारभन्दा बढी मानिस निको भएर घर फर्केका छन् । पछिल्लो विवरण अनुसार आज बिहानसम्म १० लाख ३९ हजार १ सय ६८ जना कोरोनाबाट निको भएका छन् । अहिले उपचार गरिरहेका अधिकांश संक्रमितको अवस्था पनि सामान्य रहेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो विवरण अनुसार पनि बढी प्रभावित संयुक्तराज्य अमेरिका, इटली र स्पेनमा नयाँ संक्रमणमा तुलनात्मक रुपमा कमी आएको छ ।

चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर विश्वभर २ लाख ३३ हजार ९ सय ६९ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या ३३ लाख ५ हजारभन्दा धेरै छ छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट विश्वभर ५ हजार ८ सय जनाको मृत्यु भएको छ भने ८५ हजार ९५७ जना संक्रमित भएका छन् ।

सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै २ हजार २०१ जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ६३ हजार ८५६ पुगेको छ । अमेरिकामा संक्रमित हुनेको संख्या १० लाख ९५ हजार १९ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये १ लाख ५२ हजार ३२४ जना उपचारपछि निको भएका छन् ।

इटालीमा १ हजार ८ सय ७२ जना नयाँ बिरामी थपिएको दिन २ सय ८५ जनाको मृत्यु भएको छ । इटलाीमा २७ हजार २ सय ६७ को ज्यान गएको छ । त्यहाँ २ लाख पाँच हजार बिरामी छन् । स्पेनमा बिहीबार २ हजार ७ सय ४० जना नयाँ बिरामी थपिए भने २ सय ६८ जनाको मृत्यु भएको थियो । स्पेनमा हाल सम्म २४ हजार ५ सय ४३ जनाको मृत्यु भएको छ । त्यहाँ २ लाख २९ हजार संक्रमित रहेका छन् ।

बेलायतमा ६ हजार ३२ जना कोरोनाका नयाँ संक्रमित देखिएका थिए । सोही दिन बेलायतमा कोरोनाका कारण ६ सय ७४ जनाले ज्यान गुमाएका थिए । फ्रान्समा बिहीबार ७ सय ५८ जना नयाँ बिरामी देखिएका थिए भने २ सय ८९ जनाको मृत्यु भएको थियो । जर्मनीमा १ हजार ४ सय ७० जना नयाँ संक्रमित थपिएको दिन बिहीबार त्यहाँ १ सय ५६ जनाको मृत्यु भएको थियो ।

टर्कीमा बिहीबार २ हजार ६ सय १५ जना नयाँ बिरामी थपिए। सोही दिन टर्कीमा ९३ जना मृत्युको कारण कोरोना भाइरस बनेको थियो । रुसमा पछिल्लो चौबिस घण्टामा ७ हजार ९९ जना कोरोनाका नयाँ संक्रमित थपिएका थिए भने १ सय १ जनाको मृत्यु भएको थियो । इरानमा बिहीाबर ९ सय ८३ जना कोरोनाका नयाँ बिरामीउ पचारको लागि अस्पताल पुगेका थिए। सोही दिन इरानमा कोरोनाका कारण ७१ जनाले ज्यान गुमाएका थिए ।

ब्राजिलमा बिहीबार ६ हजार १९ जना कोरोनाका नयाँ बिरामी थपिए भने ३ सय ९० जनाको मृत्यु भएको थियो । क्यानाडामा पछिल्लो चौबिस घण्टामा १ हजार ६ सय ३९ जना कोरोनाका नयाँ बिरामी थपिएका थिए । सोही अवधिमा क्यानाडामा १ सय ८८ जनाको मृत्यु कोरोनाबाट भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *