नागढुंगामा सुरु भयो ‘डिसइन्फेक्सन टनेल’ (फोटो फिचर)

  • राेसन दानी

काठमाडौं । राजधानीको मुख्य नाका चन्द्रागिरि–२ स्थित नागढुंगामा निर्माण भएको आधुनिक ‘डिसइन्फेक्सन टनेल’ शुक्रबार उद्घाटन गरिएको छ ।

चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले टनेलमा जडान गरेको स्विच थिचेर उद्घाटन गरेका हुन् । उद्घाटन भएसँगै शुक्रबारदेखि ‘डिसइन्फेक्सन टनेल’ बाट सवारीसाधनलाई प्रवेश गराइएको छ ।

चन्द्रागिरि नगरपालिका नगर प्रमुख घनश्याम गिरीले काठमाडौंमा कोरोना भाइरस नभित्रियोस् भन्ने उद्देश्यले गाडीहरुलाई निःसंक्रमण गर्न ‘डिसइन्फेक्सन टनेल’ बनाइएको बताए ।

चन्द्रागिरि नगरपालिका–२ का वडाध्यक्ष गोपी सुर्खेतीले तीन महिनाको लागि टनेलका लागि आवश्यक केमिकल (सोडियम हाईड्रोक्लोराईड) पानी आवश्यक जनशक्ति, विद्युत सडक लाईटको व्यवस्थापन भइसकेको बताए ।

चन्द्रागिरि नगरपालिकाका नगर प्रवक्ता हरिभक्त महर्जनले कोरोना भाईरस पुर्ण रूपमा नियन्त्रण नभएसम्म ‘डिसइन्फेक्सन टनेल’ सञ्चालनमा रहने र केही दिनमा साना गाडी र मोटरसाईकलका लागि छुट्टाछुट्टै टनेल निर्माणकार्यका लागि आवश्यक प्रक्रिया भइसकेको बताए ।

काठमाडौंमा बिजुली बस चलाइरहेको सुन्दर यातायात प्रालिले आफ्नै खर्चमा यस्तो टनेल निर्माण गरेको हो भने चन्द्रागिरि नगरपालिकाले स्थान, पानीको ब्यवस्थापन र सुरक्षाको प्रवद्र्धन गरेको मेयर घनश्याम गिरीले जानकारी दिए ।

यो टनेलले गाडीहरुलाई निःसंक्रमण गर्ने र कोरोना भाइरस रोकथाममा सहयोग पुग्ने विश्वास लिइएको छ । टनेलभित्र प्रवेश गर्दा गाडीको बाहिरी भागमा भाइरस मार्ने औषधि छर्किइन्छ, जसले कोरोना भाइरस पनि नष्ट हुने विश्वास लिइएको छ । टनेलको सञ्चालन नागढुंगाकै प्रहरीले गर्ने छ ।

टनेल निर्माण पश्चात् राजधानी भित्रने सवै सवारी साधन निःसंक्रमण गर्न ‘डिसइन्फेक्सन’ भएपछि मात्र राजधानी प्रवेश गर्न पाउनेछन् । नागढुंगामा टनेलले राम्रो नतिजा दिए फर्पिङ नाकामा पनि निर्माण गर्ने योजना रहेको सुन्दर यातायात प्रालिका भष बहादुर अध्यक्ष थापाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *