क्यान्सर अस्पताल भरतपुरको कार्यकारी निर्देशकमा डाक्टर गौतम नियुक्त

चितवन । चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. देजकुमार गौतम नियुक्त भएका छन् ।

क्यान्सर अस्पतालको बोर्ड बैठकले अस्पतालका नाक, कान, घाँटी विभागका प्रमुख डा. गौतमलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो ।

कार्यकारी निर्देशकको रुपमा गौतमको कार्यकाल तीन वर्षको हुनेछ । यसअघिका कार्यकारी निर्देशक डा. विजय आचार्यको तीनवर्षे कार्यकाल बैशाख २३ गतेबाट सकिएपछि बोर्डले डा. गौतमलाई कार्यकारी निर्देशक चयन गरेको हो ।

स्वास्थ्य अनुसन्धान परिषद्को कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवाली, क्यान्सर बिज्ञ एवम् बोर्ड सदस्य डा. विनय ठाकुर र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि रघुराम विष्ट सदस्य रहेको तीन सदस्यीय समितिले डा. गौतमको नाम सिफारिस गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *