विराटनगरमा मोटरसाइकलको ठक्करबाट साइकलमा सवार एक महिला घाइते
मकालु खबर
२०७७ वैशाख २७ गते
विराटनगर । विराटनगरमा मोटरसाइकलले ठक्कर दिँदा साइकलमा सवार एक महिला घाइते भएकी छन् । १२ छ ७८५३ नम्बरको मोटरसाइकलले विराटनगर १६ बस्ने ३३ वर्षीया पुनम गुरुङलाई ठक्कर दिएको हो ।
घाइते पुनमको अवस्था गम्भीर रहेको र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
घाइते पुनमको अहिले न्युरो अस्पतालमा उपचार भइरहेको छ ।
साइकलमा सवार गुरुङलाई विराटनगर महानगरपालिका ११ पान्चालिमा मोटरसाइकलले पछाडीबाट ठक्कर दिएको थियोे ।
मकालु खबर
२०७७ वैशाख २७ गते
प्रतिक्रिया
सम्बन्धित