चलचित्र विकास बोर्डकाे अध्यक्षकाे दाैडधुपमा भुवन केसी पनि !

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आकाङ्क्षी तथा याेग्यता पुगेकाहरूले दौडधुप सुरु गरेका छन् ।

बोर्डका तत्कालिन अध्यक्ष केशव भट्टराईको असामयिक निधनपछि मंसिर २९ देखि खाली रहेको अध्यक्ष पदका लागि बोर्डले गत मङ्गलबार योग्यता तोकेर अध्यक्ष पदका लागि आवेदन आह्वान गरेसँगै चलिचत्रकर्मीहरूको रस्साकस्सी चलेको छ ।

दयाराम दाहाल,  भुवन केसी,  अर्जुन कुमार डङ्गोल,  सोहित मानन्धर,  दीपक श्रेष्ठ,  राजेन्द्र उप्रेती,  भीमा मैनाली,  राजेश थापा, ध्यान बहादुर सुब्बा र परशुराम चौधरीले आवदेन बुझाएका छन् ।

निर्देशक दाहाल चलचित्र विकास बोर्डका सदस्य समेत रहेका छन् । भुवन अध्यक्षको दौडमा रहेकामध्ये एक बलिया प्रतिस्पर्धी हुन् । उनी नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिन्छन् ।

बोर्डको अध्यक्षका लागि प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्ने छ । २० वर्ष चलचित्र क्षेत्रमा काम गरेको व्यक्तिले  मात्रै आवेदन दिन सक्नेछन् । यसअघि कम्तीमा स्नातक तह उत्तीर्ण गरेको र चलचित्र क्षेत्रको १० वर्षे अनुभव चाहिने मापदण्ड थियो । बोर्डले यस पटक आवेदन आह्वान गर्दा पुरानो नियम हटाएर नयाँ नियम ल्याएकाे हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *