अत्यावश्यक काम बाहेकका पैदल यात्रुलाई काठमाडौं प्रवेश निषेध

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड १९) संक्रमण बढेसँगै लकडाउनमा थप कडाइ गरिने भएको छ ।

गृह मन्त्रलायबाट प्राप्त निर्देशनअनुसार, शुक्रबार दिउँसो बसेको जिल्ला सुरक्षा समिति, काठमाडाैंको बैठकले अत्यावश्यक काम बाहेकका पैदल यात्रु तथा सवारी साधनहरुलाई काठमाडौं प्रवेश निषेध गर्ने निर्णय गरेकाे छ ।

एम्बुलेन्स, शव बाहन, औषधि तथा स्वास्थ्य सामग्री, पेट्रोलियम पदार्थ, ग्यास, सबै खाद्य वस्तु, तरकारी तथा फलफूल लगायतका सामग्री बोकिएका गाडीले भने बिना पास नै आवागमन गर्न पाउनेछन् ।

प्रशासनले यसअघि जारी भएका सबै ई–पास र पहेँलो रङको पास पनि खारेज भएको बताएको छ । अब जारी हुने पास नीलो रङको हुने भनिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *