युवाको क्षमता अभिवृद्धि गरिने, खेलाडीको क्षमता विकास गरिने

काठमाडौं । आगामी आर्थिक वर्षमा युवाको क्षमता अभिवृद्धिका लागि सबै प्रदेशमा युवा नव प्रवद्र्धन केन्द्र स्थापना गरिने सरकारको नीति रहेको छ । सरकारको आगामी आर्थिक नीति तथा कार्यक्रम घोषण गर्दै राष्ट्रपति विद्यादेवी भन्डारीले यस्तो घोष्ण गरकी छन् ।

यस्तै, राष्ट्रिय क्षेत्रीय र अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भइ पदक प्राप्त गर्न सक्ने गरी खेलाडीको क्षमता विकास गरिने छ । स्थानीय प्रादेशिक र राष्ट्रिय स्तरमा सुविधासम्पन्न खेलकुद पूर्वाधारको निर्माण तथा स्तरोन्ति गर्ने कार्यलाई निरन्तरता दिइने सरकारको नीति रहेको छ । निजी क्षेत्रका खेलकुद वूर्वाधार निर्माण लाई प्रोत्साहित गरिने भएको छ ।

यस्तै, स्वास्थ्य सचेतना सरसफाई विपद व्यवस्थापन तथा वातावरण संरक्षण र सामाजिक कुरीति र अन्धविश्वास विरुद्धको समाजिक जागरण कार्यमा स्काउट र युवा स्वयम्सेवक परिचालन गरिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *