अमेरिकामा ९० हजारले ज्यान गुमाए, विश्वभर संक्रमण र मृत्यु कति ?

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या अझै घट्न सकेको छैन । संक्रमणबाट विश्वभर ३ लाख १६ हजार बढीको मृत्यु भएको छ ।

पछिल्लो तथ्याङकअनुसार आज बिहानसम्म कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या विश्वभर ३ लाख १६ हजार ६ सय ५९ पुगेको छ । चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना संक्रमितको संख्या ४८ लाख १ हजार ५ सय २७ भन्दा धेरै छ भने संक्रमितमध्‍ये हालसम्म १८ लाख ५८ हजार ९० निको भएका छन् ।

सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा थप ८६० जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ९० हजार ९७३ पुगेको छ ।त्यहाँ पछिल्लो २४ घण्टामा १९ हजार ६९ जनामा संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या १५ लाख २६ हजार ८४२ पुगेको छ भने संक्रमितमध्ये ३ लाख ४४ हजार ९४३ जना उपचारपछि निको भएका छन् ।

अमेरिकापछि रुप कोरोना भाइरसको संक्रमणबाट बढी प्रभावित बनेको छ, त्यहाँ २ लाख ८१ हजारभन्दा बढी मानिस प्रभावित भएका छन् । १५ दिनअघिसम्मै संक्रमितको संख्या १ लाखभन्दा तल रहेको रुसमा योबीचमा संक्रमित संख्या दैनिक औषत १० हजारको दरले बढ्दै २ लाख ८१ हजार ७५२ पुगेको हो । त्यहाँ मृत्यु हुनेको संख्या २ हजार ६३१ पुगेको छ ।

बेलायतमा कोरोना भाइरसको संक्रमणबाट ३४ हजार ६३६ जनाको मृत्यु भएको छ । त्यहाँ एकै दिन १७० जनाको मृत्यु भएको छ भने ३ हजार ५३४ जना संक्रमित भएका छन् । योसँगै त्यहाँ संक्रमित हुनेको संख्या २ लाख ४३ हजार ६९५ पुगेको छ ।

ब्राजिलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ हजार ११८ पुगेको छ । एकै दिन ७ हजार ९३८ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या २ लाख ४१ हजार ८० पुगेको छ । १ लाख ३० हजार ८४० जनाको उपचार भइरहेको छ भने ९४ हजार १२२ जना संक्रमण मुक्त भएका छन् ।

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट ३ हजार २५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १५४ जनाको मृत्यु भएको छ । एकै दिन थप ५ हजार ५० जनामा संक्रमण देखिएको छ । योसँगै भारतमा कुल संक्रमितको संख्या ९५ हजार ६९८ पुगेको छ ।

इटालीमा २ लाख २५ हजार ४३५ कुल संक्रमित भएका छन् भने ३१ हजार ९०८ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख २५ हजार १७६ जना निको भएर फर्किएका छन् । फ्रान्समा एक लाख ७९ हजार ५६९ कुल संक्रमित भएका छन् भने २८ हजार १०८ जनाको मृत्यु भएको छ । यसैबीच ६१ हजार २१३ जना निको भएर फर्किएका छन् ।

स्पेनमा २ लाख ७७ हजार ७१९ कुल संक्रमित भएका छन् भने २७ हजार ६५० जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ९५ हजार ९४५ जना निको भएर फर्किएका छन् । बेल्जियममा ५५ हजार २८० कुल सङ्क्रमित भएका छन् भने ९ हजार ५२ जनाको मृत्यु भएको छ । यसैबीच १४ हजार ६३० जना निको भएर फर्किएका छन् ।

जर्मनीमा एक लाख ७६ हजार ६५१ कुल संक्रमित भएका छन् भने ८ हजार ४९ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ५३ हजार ४०० सय निको भएर फर्किएका छन् । इरानमा एक लाख २० हजार १९८ कुल संक्रमित भएका छन् भने ६ हजार ९८८ जनाको मृत्यु भएको छ । यसैबीच ९४ हजार ४६४ जना निको भएर फर्किएका छन् ।

क्यानाडामा ७७ हजार २ जना संक्रमित भएका छन् भने ५ हजार ९८२ जनाको मृत्यु भएको छ । त्यस्तै ३८ हजार ५५० जना ठिक भएका छन् ।नेदरल्याण्डसमा अहिलेसम्म ४३ हजार ९९५ जना संक्रमित भएका छन् भने ५ हजार ६८० जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा ४७ हजार १४४ जना संक्रमित भएका छन् भने ५ हजार ४५ जनाको मृत्यु भएको छ । त्यस्तै मेक्सिकोमा अहिलेसम्म ३१ हजार ८४८ जना निको भएर फर्किएका छन् । चीनमा अहिलेसम्म ८२ हजार ९४७ कुल संक्रमित भएका छन् भने ४ हजार ६३३ जनाको मृत्यु भएको छ । यसैबीच ७८ हजार २२७ निको भएर फर्किएका छन् ।

टर्कीमा एक लाख ४९ हजार ४३५ जना संक्रमित भएका छन् भने ४ हजार १४० जनाको मृत्यु भएको छ । त्यस्तै एक लाख ९ हजार ९६२ जना निको भएर फर्किएका छन् । स्विडेनमा ३० हजार १४३ जना संक्रमित भएका छन् भने ३ हजार ६७९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *