घरमै बसेर इदुलफित्र मनाउन मुस्लिम आयोगको आग्रह

काठमाडौँ । नेपाल मुस्लिम आयोग बाराले मुस्लिम समुदायको महान पर्व इदुलफित्रको दिन घरमै बसेर नमाज पढन र पर्व मनाउन मुस्लिम समु्दायसँग अनुरोध गरेको छ ।

आयोगका जिल्ला अध्यक्ष राजमहमद रायले सोमबार एक विज्ञप्ति निकालेर बारा जिल्लाबासी मुस्लिम समुदायसंग यस्तो अपिल गरेका हुन् ।

महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण बारा जिल्ला लगायत विश्व नै प्रभावित बनिरहेको बेला यसको नियन्त्रण र रोकथाममा मुस्लिम समुदायको पनि बिशेष भुमिका हुने भन्दै अध्यक्ष महमदले हस्ताक्षर गरी जारी गरेको विज्ञप्तिमा पर्वको दिन फजुल खर्च नगरी आफनो जकात, फिरातबाट समुदायमा रहेका गरिव, असाहय, अपाङ्ग, एकल महिलाहरु र मुस्लिम अनाथालयहरुमा सहयोग गर्न गराउन पनि सबैसंग अनुरोध गरिएको छ ।

साथै, विज्ञप्तिमा कोरोना भाइरस नियन्त्रण रोकथामको लागि नेपाल सरकारबाट भएका निर्देशन र जारी लकडाउनको पुर्णरुपमा परिपालन गरी आफु र अरुलाई पनि सुरक्षित पार्न पनि विज्ञप्तिमा अपील गरिएको छ ।

मुस्लिमहरुको यस बर्षको पवित्र महिना रमजान सकिन लागेको र आगामी जेष्ठ ११ गते इदुलफित्र पर्वको दिन परेको छ । उक्त दिन मुस्लिम धर्माम्बलीहरुले एकआपसमा भेला भएर धुमधामकासाथ पर्व मनाउने परम्परा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *