प्रेस कार्ड बोकी चोरी गर्ने २ जना पक्राउ

काठमाडौं । लकडाउनको मौका छोपी रात तथा दिनको समयमा काठमाडौं उपत्यकाभित्र चोरी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार महानगरीय अपराध महाशाखा र प्रहरी वृत्त गौशालाबाट खटिएको संयुक्त प्रहरी टोलीले दुई जनालाई प्रेस कार्ड तथा चोरीका सामानसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुनसरी ईटहरी उपमहानगरपालिका १४ घर भई काठमाडौंको धुम्बाराही बस्ने २१ वर्षीय आश्रय रिजाल हिमाल र बारा बड्की फुलबारी गाउँपालिका ३ घर भइ काठमाडौं ओमबहाल बस्ने २८ वर्षीय अलि आलम मिया रहेका छन् । उनीहरुलाई चाबहिल भत्केको पुलबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुले गएको चैत्र ३ गते काठमाडौंको सिनामंगलस्थित एक बोइज होस्टलबाट ४ थान ल्यापटप र चाबहिल भत्केको पुलस्थित डा. सुविन मानन्धरको घरबाट एकथान ल्यापटप र एकथान आइप्याड चोरी गरेका थिए ।

प्रहरीले उनीहरुको साथबाट विभिन्न ब्राण्डका ल्यापटप, क्यामेरा, ५३ हजार नगद, तीन सय अमेरिकन डलर, दुई सय चाईनिज युयान, हतियार र एउटा प्रेस कार्ड फेला पारेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *