थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ । आज दिउँसो थप ९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार रूपन्देहीमा एक जना र झापामा ८ जना संक्रमित थपिएका हुन् । रुपन्देहीमा एक जना २७ वर्षीय पुरुष जो श्रीलंकन गेष्ट हाउसको क्वारेन्टाइन लुम्बिनीमा छन् ।

त्यस्तै झापामा १७ वर्षीय, १८ वर्षीय दुई जना, २० वर्षीय २ जना र २३, ५२ र ५५ वर्षीय गरी ८ जना संक्रमित थपिएका छन् । ती ८ जना झापाकाे कचनकवलस्थित लक्ष्मी देवकाेटा माविकाे क्वारेन्टाइनमा रहेकाे प्रवक्ता देवकाेटाकाे भनाइ छ ।

त्यस्तै आजै टेकु अस्पतालमा उपचाररत ४ जना डिस्चार्ज भएको पनि उनले जानकारी दिए । योसँगै संक्रमणमुक्त हुनेको संख्या ४९ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *