४५३ जना संक्रमित हुँदा ४९ जना डिस्चार्ज !

काठमाडौं । आज काठमाडौंबाट चार जना कोरोना संक्रमित निको भएर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेका चार जना कोरोना संक्रमित बिहीबार डिस्चार्ज भएका हुन् ।

पछिल्ला दुई वटा रिपोर्ट नेगेटिभ आएपछि दुई पुरुष र दुई महिला डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा दुई जना भक्तपुरका र दुई जना काठमाडौंका रहेका अस्पतालका निर्देशक डा. सागरराज राजभण्डारीले बताए । याेसँगै उपचारपछि निकाे हुनेकाे संख्या ४९ पुगेकाे छ ।

त्यस्तै आजै थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापामा ८ र रुपन्देहीमा १ जना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा संक्रमितको संख्या ४५३ पुगेको छ भने संक्रमित २ जनाको मृत्यु भएको छ । अन्यको उपचार जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *