कोरोना संक्रमणबाट ज्यान गुमाएका तेस्रो संक्रमितको अन्त्येष्टि

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट ज्यान गुमाएका गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहका शिक्षकको अन्त्येष्टि गरिएको छ । मृत्यु भएको ३१ घण्टापछि उनको अन्त्येष्टि गरिएको हो ।

नेपाली सेना र नेपाल प्रहरीको टोलीले शुक्रबार दिउँसो २ बजे अस्पतालबाट शव उठाएर स्वास्थय मन्त्रालयको प्रोटोकल अनुसार नै व्यवस्थापन गरेको जानकारी दिइएको छ । नेपाली सेनाका बुटवलस्थित २२ नम्बर बाहिनीमा कार्यरत दुई जवान शव उठाउन सहमत भएपछि शवको अन्तिम संस्कार गरिएको हो ।

जेठ १ गतेदेखि क्रिमसन अस्पतालमा उपचार गराइरहेका शिक्षकमा जेठ ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने बिहीबार बिहान ७ बजे अस्पतालले मृत घाेषणा गरेकाे थियाे ।

जेठ ८ गते साँझ मृतकको पुनः पीसीआर परीक्षणका लागि प्रदेश जनस्वास्थ्य कार्यालय भैरहवामा स्वाब पठाइएको छ । त्यसको रिपोर्ट आइसकेको छैन । उनको उपचारमा संलग्न क्रिमसन अस्पतालका चिकित्सक, नर्स, आफन्त र एम्बुलेन्स चालकसहित २९ जनामध्ये १९ जनाको रिपोर्ट नेगेटिभ आइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *