राप्ती २ का सुत्केरी महिलालाई पोषण खर्च

चितवन । चितवनको राप्ती नगरपालिका वडा न २ मा सुत्केरी भत्ता वितरण गरिएको छ । चालु आर्थिक वर्षको बजेटबाट २३ जना सुत्केरीलाई भत्ता वितरण गरिएको हो ।

सुत्केरी महिलालाई पौस्टिक आहार खानको लागि र पोषण युक्त खानाको लागि भत्ता वितरण गरिएको वडा न २ अध्यक्ष श्यामसुन्दर उप्रेतीले जानकारी दिए । शुक्रबार वडा भरीका २३ जनालाई २ हजार ५०० का दरले ५७ हजार पाँचसय रुपियाँ वितरण गरिएको थियो । प्रत्येक वर्ष सुत्केरी महिलालाई भत्ता आएको अध्यक्ष उप्रेतीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *