पूर्वराजाहरुको फोटो अंकित नोट चलनचल्तीमा नल्याउन निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले पूर्वराजाहरुको फोटो अंकित नोट चलनचल्तीमा नल्याउन निर्देशन दिएको छ । आइतबार बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र जारी गर्दै राष्ट्र बैंकले पूर्वराजाको तस्बिर अंकित नोट भए चलन चलतीमा नल्याउन निर्देशन दिएको हो।

राष्ट्रबैंकले पुर्वराजाको तस्बिर अंकित भएको नोटलाई पुनः निष्काशन अयोग्य नोटको रुपमा वर्गिकरण गरेको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक विश्रुत थापाले जानकारी दिए। कुनै व्यक्ति वा संस्थासँग भएको नोट लगे त्यस बापत राष्ट्र बैंकले चलनचल्तीका नयाँ नोट दिनेछ।

झुत्रिएको, मक्किएको, जलेको, गलेको, लुलो भएको, पानीले भिजेको, नोटमा रहेको अक्षर, अंक चित्र तथा सुरक्षण विशेषताहरु नबुझिने वा बिग्रने गरी रंग लागेको, लेखिएको, कारिएको वा च्याचिएका नोटलाई बैंक तथा वित्तीय संस्थाले पुनः निष्काशन नगर्न परिपत्रमा भनिएको छ।

अब बैंक तथा वित्तीय संस्थाले काउन्टर, एटीएमलगायत मेसिनबाट प्राप्त चलनचल्तीमा पठाउन काउन्टरबाट भुक्तानी गरी दिने नोटलाई तीनभागमा छुट्याउनु पर्नेछ राष्ट्र बैंकले जारी गरेको परिपत्रमा भनिएको छ ।

एटीएमबाट पठाउने रकमलाई हरियो, काउन्टरबाट पठाउनेलाई सेतो र प्रयोग गर्न नमिल्नेलाई रातो रंगको क्लिप प्रयोग गर्नुपर्नेछ पत्रमा उल्ल्ेख छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *