स्वदेश फर्काउने व्यवस्था सम्बन्धी विस्तृत योजना सहितको आदेश तत्काल जारी गरिने

काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले कोरोना भाइरस (कोभिड १९)ले निम्त्याएको असहज परिस्थितिका कारण विश्वका जुनसुकै कुनामा रहेका नेपालीहरुलाई सरकारले समयमै उद्धार गर्ने बताएका छन् ।

सोमबार राष्ट्रका नाममा सम्वाधन गर्ने क्रममा उनले स्वदेश फर्किनु पर्ने नेपालीलाई स्वदेश फर्काउने व्यवस्था सम्बन्धी विस्तृत योजना सहितको आदेश तत्काल जारी गरिने बताए ।

उनले भने, स्वदेश फर्किनु पर्ने नेपालीलाई स्वदेश फर्काउने व्यवस्था सम्बन्धी विस्तृत योजना सहितको आदेश तत्काल जारी गरिने छ,  विश्वका जुनसुकै कुनामा रहेका अप्ठ्यारोमा परेका देशवासीहरुलाई सरकारले समयमै उद्धार गर्छ । समस्याको प्राथमिककता र देशभित्रको तयारीका बिच सन्तुलन मिलाउँदै यो काम छिट्टै सुरु गरिने छ । सरकार आफ्ना नागरिक प्रति सम्बेदनशिल छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *