बजेट सन्दर्भ : स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट ल्याउनुपर्छ

  • ध्रुवराज खनाल

चितवन । कोरोना भाईरसले मुलुकको अर्थतन्त्रलाईनै नराम्रो धक्का दिएका वेला नेपाल सरकारले आज विहीवार आर्थिक वर्ष २०७७-७८ का लागि वजेट सार्वजनिक गर्दैछ ।

निति तथा कार्यक्रम सार्वजनिक गरिसकेको सरकारले आगामी आर्थिक वर्षका लागि वजेट सार्वजनिक गर्न लागेको हो । आर्थिक विकासको एक महत्वपूर्ण पाटो उद्योग व्यवसाय पनि हो । यही व्यवसायलाई कोरोना भाईरसले थिलोथिलो पारिदिएको छ । यसबीचमा आज हामीले उद्योग व्यवसायको प्रवद्र्धन,संरक्षणका लागि वजेटबाट कस्तो अपेक्षा राख्नु भएको छ भनि प्रतिक्रिया लिने प्रयासमा छौ ।

नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेश सदस्य गुणराज श्रेष्ठ स्वास्थ्यलाई प्राथमिकतामा राखेर वजेट ल्याउनु पर्ने बताउँछन् । जीवनै नरहे उद्योग धन्दा कसरी चल्छ श्रेष्ठ भन्छन्- स्वास्थ्यकै लागि विशेष वजेट विनियोजन गरेर अन्य क्षेत्रलाई समेट्नु पर्छ । उनको भनाई अनुसार स्वास्थ्य पछि उद्योग व्यवसायको संरक्षण र विकास हुने गरि राज्यले प्राथमिकता दिनुपर्छ । उद्योगी व्यवसायीका लागि भने सरकारले प्याकेजमै कार्यक्रम ल्याउनु पर्ने सुझाव दिन्छन् श्रेष्ठ ।

गुणराज श्रेष्ठ

उद्योग बाणिज्य महासंघले समेत प्याकेजमै सम्वोधन गर्नु पर्ने आवाज उठाईरहेका वेला प्रदेश सदस्य श्रेष्ठले पनि कोरोना भाईरस पछि धेरै उद्योगहरु अझै संचालन हुन नसकेको भन्दै उद्योगधन्दालाई माथि उठाउने गरि प्याकेजमै वजेट ल्याउनु पर्ने वताउँछन् । सरकारले विभिन्न ४४ वटा उद्योग खुल्ला गरेको भएपनि जनशक्ती अभाव,कच्चा पदार्थ अभावका कारण धेरै उद्योगहरु संचालनमा छैनन् ।

लकडाउनले व्यवसाय धारासायी भएको भन्दै साना उद्योगको संरक्षण हुने गरि वजेट आउनु पर्ने उनको धारणा छ । यहाँ ठुलालाई मात्र हेर्ने चलन छ उद्योग बाणिज्य संघ खैरहनीका निवर्तमान अध्यक्ष समेत रहेका श्रेष्ठले भने- वैंकबाट लोन लिएर संचालित साना उद्योगहरु मारमा परेका छन्,त्यस्तालाई समेत सम्वोधन होस् ।

चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले उद्योग, कलकारखानासंगै कृषि, पोल्ट्री, डेरी सवै उद्योग भित्र पर्ने भएकाले समष्टिगत रुपमा यि क्षेत्रको विकास हुने गरि बजेट ल्याउनु पर्ने बताउँछन् । पौडेलका अनुसार लकडाउन भन्दा अघिको तथ्याङ्क हेर्दा हाम्रो देशमा रोजगारी को संख्या ७० लाखमा ४४ लाख अनौपचारिक क्षेत्रमा र २२ लाख साना तथा मझौला उद्यम व्यापार मा आश्रित छन् । प्रारम्भिक सर्वेमा ६० प्रतिशतले रोजगारी गुमाएको गुमाएको अवस्था छ ।

राजु पौडेल

रेमिट्यान्समा करिब २ देखी ३ खर्बको गिरावट साथै आन्तरीक आय पनि त्यति नै घट्ने हुँदा शोधनान्तर बचत करिब ४ देखी ५ खर्वले घाटा हुने सम्भावना रहेको चितवन उद्योग संघका अध्यक्ष पौडेलको दावी छ । समग्र अर्थतन्त्रको विकासका लागि पौडेलले केही सुझाव अघि सारेका छन् ।

१) कृषिमा आत्मनिर्भर बनाउने त्यसको लागि भु बैंक को स्थापना ।
२) Contract farming को लागि उयष्अिथ निर्माण जसले गर्दा बनचयदबकभम उद्योग खोल्न सजिलो हुने ।
३) बिउ उत्पादन मा सरलीकरण
४) सिंचाई को लागि विशेष व्यवस्था
५) शित भण्डार प्रत्येक जिल्ला गर्दै प्रत्येक पालिकाहरुमा समेत गर्दै जाने।
६) साना तथा मझौला उद्योग हरुलाई अहिलेको चंगुल बाट बाहिर आउन चालू पुँजीमा थप गर्ने सहुलिय पूर्ण ब्याजमा ।
७) अहिले भएका संपूर्ण किस्ताहरुलाई एक वर्ष पछिबाट पुनः च्यतबतष्यल मा आउने गरी मिलाउने ।
८) नेपाली उत्पादनहरूको प्रयोग गर्न प्रोत्साहन गर्ने ।
चितवन उद्योग संघका अध्यक्ष पौडेलले भन्सारमा कच्चा पदार्थ र तयारी वस्तुको भन्सार दर ३० प्रतिशतको फरक हुनु पर्ने समेत वताएका छन् ।

ज्ञान वहादुर विसुराल

उद्योगी व्यवसायी प्रति उत्तरदायि देखिएन : विसुराल
नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेश कोषाध्यक्ष एवंम् नेपाल ह्याचरी संघ बागमती प्रदेश अध्यक्ष ज्ञान वहादुर विसुरालले सरकारले जारी गरेको निति तथा कार्यक्रम आफुहरु प्रति उत्तरदायि नभएको वताउँछन् । निति तथा कार्यक्रममा उत्तरदायि नदेखिएपनि वजेट मार्फत सम्वोधन हुनेमा भने उनले आशा गरेका छन् । महासंघले उठाएका माग सम्वोधन नगरिरहेका वेला वजेट आफुहरुकोे हितमा नआउने विसुरालको अनुमान छ ।

अहिले उद्योग चल्ने वातावरण छैन,वैंकले व्याजका लागि ताकेता गरिरहेको छ महासंघका प्रदेश कोषाध्यक्ष विसुरालले भने- उद्योग व्यवसायीप्रति अनुकुल वातावरण वनाउन सरकार चुकेको छ । तीन महिनादेखी उद्योग धन्दा वन्ह हुँदा लाखौको रोजगारी गुमेको र विदेशमा रोजगारीमा रहेकाहरु स्वदेश फर्कन लागेको भन्दै अझै वेरोजगारको संख्या वढ्ने हुँदा राज्य गंभीर हुनु पर्ने उनको तर्क छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *