गीतकार रत्नशमशेर थापाकाे निधन, कोरोना परीक्षणका लागि लिइयो स्वाब

काठमाडौं । गीतकार रत्नशमशेर थापाको बिहीबार दिउँसो निधन भएको छ । नर्भिक अस्पतालमा उपचारका क्रममा दिउँसो १२ बजे ८३ वर्षको उमेरमा उनको निधन भएको हो ।

बुधबार बेलुकी अस्वस्थ भएपछि उनलाई उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो ।  थापा लामो समयदेखि ढाडको समस्याबाट ग्रसित थिए । उनमा कोरोना भाइरस संक्रमण जाँच गर्न स्वाब समेत लिइएको छ । संक्रमण भए/नभएको यकिन भएपछि मात्र उनकाे अन्तिम संस्कार हुनेछ ।

थापाको ‘ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो, विछोडको पीडा नसकी खप्न, घुम्तीमा नआऊ है आँखा तिमी जुधाउन, पन्छीमा राम्रो डाँफे, स्वर्गकी रानी मायाकी खानी’ लगायतका थुप्रै गीतहरू चर्चित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *