डब्लुएचओसँगको सम्बन्ध तोडेको राष्ट्रपति ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)सँग अमेरिकाको सबै सम्बन्ध सम्बन्ध तोडेको बताएका छन् । कोरोना संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको तथा चीनको पक्षपोषण गरेको आरोप लगाउँदै ट्रम्पले डब्ल्युएचओसँगको सबै सम्बन्ध अन्त्य भएको घोषणा गरेका हुन् ।

शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘ब्यापक सुधार गर्न गरिएको अनुरोधमा पनि ऊ असफल भयो, आज हामी विश्व स्वास्थ्य संगठनसँगको सम्बन्ध तोड्दै छौं ।’ उनले अहिले डब्ल्युएचओ अहिले पूर्णरुपमा चीनको नियन्त्रणमा रहेको बताउँदै अमेरिकाले धेरै पैसा सहयोग गर्नुको कुनै अर्थ रहेको बताए ।ट्रम्पले कोरोना भाइरस शुरु भएपछि नै चीनमाथि कडा प्रहार गर्दै आएका थिए । चीनले महामारी नरोकेको र विश्वभर कोरोना फैलाएको आरोप लगाउदै आएका छन् । उनले यस अघि ३० दिनको अल्टिमेटम दिदै सुधारको प्रतिबद्धता गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *