हत्या अभियोगमा मृतकको सालोसहित दुई जना पक्राउ

भरतराज शर्मा (गोपाल)/

धरान, सुनसरी । सुनसरीको बराह क्षेत्र नगरपालिका–३ साबिकको भरौल जमुना गाछीमा शुक्रवार मृत भेटिएका ३७ वर्षीय कमल राईको हत्या अभियोगमा मृतककै नाता पर्ने सालो सहित दुई जना पक्राउ परेका छन् ।

स्थानीय प्रहरीले मृतकको शव भेटिएकै दिन ७ जनालाई अनुसन्धानका लागि पक्राउ गरेको भरौल प्रहरी चौकीका प्रमुख विनोद दहालले जानकारी दिए ।

दाहालका अनुसार पक्राउ परेकाहरू मध्ये दुई जना हत्यामा संलग्न भएको पुष्टि भएको हो भने हत्या अभियोगमा मृतककै सालो पर्ने बराह क्षेत्र–३ ईक्राहीका २२ वर्षीय गणेश लिम्बु र १९ वर्षीय प्रदीप राजधामीलाई हिरासतमा लिई अनुसन्धान अगाडी बढाएको छ ।

त्यस्तै सोही घटनामा पक्राउ परेका अन्य ५ जनालाई रिहा गरिएको दहालले जानकारी दिए ।

प्रहरीको प्ररम्भीक अनुसन्धानको आधारमा मृतक कमल राईले यसअघि सालो गणेशलाई मिलन चौकमा कुटपिट गरेका थिए । त्यहीँ निहुँमा भेना पर्ने कमल राईलाई मार्छु भन्दै बदलाको भावना राखेको बुझिएको छ ।

सोही मौका पाएपछि लिम्बूले कमल राईलाई गत बिहीबार ज्यानै थाम्न नसक्ने गरी रक्सी सेवन गराएको थियो । रक्सी सेवनपछि घर जाने भन्दै नयाँ प्लटिङ गरेको जग्गा तिर लगेर लिम्बु र राजधामीले निर्घात कुटपिट गरेको कारण कमल राईको मृत्यु भएको अनुसन्धानबाट खुलेको प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी उपरीक्षक शरण दहालले जानकारी दिए ।

त्यस्तै, गणेश लिम्बु मृतक कमल राईको दुई श्रीमती मध्ये जेठी श्रीमती तर्फको सानिमाको छोरा भएको खुलेको छ । कमल राती ८ बजे एक्लै घर फर्किरहेको अवस्थामा गणेशले बाटोमा भेटाइ मदिरा सेवन गर्न लगेको र पछि ११ बजे नडाहको एकान्तमा लगेर असारेको काठको लाठीले टाउको र अनुहारमा प्रहार गरी हत्या गरेको अनुसन्धानमा खुलेको प्रहरी निरीक्षक दाहालले बताएका छन् ।

प्रहरीले दुवै जनालाई लुकेको अवस्थामा विभिन्न स्थानबाट पक्राउ गरेको हो । दुवैले कमलको हत्या गरेको स्वीकार गरिसकेको प्रहरी निरीक्षक दाहालले बताए ।

झापा दमकका मृतक कमल राई गएको ६ महिनादेखि उनी ससुराली घर भरौलमा बस्दै आएका थिए । घटनापछि पक्राउ परेका दुवै जनालाई कर्तव्य ज्यान मुद्दा चलाइएको प्रहरी निरीक्षक दाहालले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *