रहेनन् बलिवुडका चर्चित संगीतकार वाजिद खान

काठमाडौं । बलिवुडका चर्चित संगीतकार वाजिद खानको ४२ बर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि किड्नीको समस्याबाट पिडितको मुम्बईस्थित सुराना अस्पतालमा निधन भएको हो ।

संगीतकार तथा गायक सलिम मर्चेन्टले वाजिदको मृत्यु भएको जानकारी दिएका छन् । वाजिदले केहि बर्ष अघि किड्नी ट्रान्सप्लान्ट गरेको र केहि समय अघिदेखि किड्नीमा इन्फेक्स्सन देखिएको बताइएको छ । उनी पछिल्लो चार दिन देखि भेन्टिलेटरमा रहेका थिए ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनी कोरोनाबाट संक्रमित थिए । उनको परिवारले बीबीसीलाई बताएअनुसार वाजिद खान मिर्गौला रोगले पीडित थिए । २ वर्षअघि मात्र मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

उनको परिवारले गराएको जानकारीअनुसार उनको घाँटीमा संक्रमण भएपछि उनलाई चेम्बुरको सुराणा अस्पतालमा भर्ना गरिएको थियो र कोरोना परीक्षणका लागि उनको स्वाब परीक्षणमा पठाइएको थियो । तर रिपोर्ट आउन बाँकी छ ।

आफ्ना भाई साजिद खानसँग बलिवुडमा सुपरहिट संगीत दिने संगीतकारको रुपमा उनी चर्चित थिए । उनले सलमान खानको फिल्म ुप्यार किया तो डरना क्याु बाट बलिवुडमा डेभ्यु गरेका थिए । त्यसपछि तेरे नाम, पार्टनर, दबंग लगायत कैयौं सलमानका फिल्ममा सुपरहित संगीत दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *