कंगोमा फेरी देखियो इबोला, चार जनाको मृत्यु

काठमाडौँ । कोरोना भाइरसको महामारीका बीच डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा इबोलाको नयाँ संक्रमण देखिएको छ ।

बिबिसीका अनुसार शुरुमा जँहाबाट इबोला देखिएको थियो त्यो भन्दा करिब एक हजार किलोमिटर टाढा अहिले इबोला देखिएको बताइएको छ ।

कंगोका स्वास्थ्यमन्त्री इटेनी लोंगोड़ोले कंगोको पश्चिमी शहर म्बानडामा इबोलाबाट चार जनाको मृत्यु भएको बताएका छन् । अहिले प्रभावित क्षेत्रमा औषधि र डाक्टरको टिम गइसकेको उनले बताए ।

कंगोले देशमा इबोलाको अन्त्यको घोषणा गर्ने तयारी गरिरहेका बेला नै नयाँ इबोलाको केस देखिएको छ । कंगोमा अहिले कोरोना पनि विस्तारै फैलिदै गएको छ । अहिलेसम्म ६११ जना संक्रमित भएका छन् भने २० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *