बीपी प्रतिष्ठानमा उपचाररत १८ संक्रमितले जिते कोरोना, फर्किए घर

काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत १८ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । सुनसरीको धरान-१३ कि ५१ वर्षीय महिला र झापाका १७ जना पुरुष गएराति डिस्चार्ज भएका हुन् ।

दुईपटक पीसीआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि १८ जनालाई डिस्चार्ज गरिएको प्रतिष्ठानले जनाएको छ । प्रवक्ता डा. निदेश सापकोटाका अनुसार धरानकी महिलालाई एम्बुलेन्समा र झापाकालाई बसमा पठाइएको हो ।

कोरोना जितेर डिस्चार्ज हुनेहरुलाई धरान उपमहानगरपालिकाका मेयर तिलक राई, प्रतिष्ठानका निर्देशक गौरीशंकर साह, सहायक निर्देशक डा. विकास साह लगायतले पुष्पगुच्छा दिएर बिदाई गरेका थिए ।

अब प्रतिष्ठानको आइसोलेसनमा ८० संक्रमित उपचाररत छन् । उनीहरूको अवस्था पनि सामान्य रहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *