भिआईपी ९ जुवाडेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । लकडाउनमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका ९ भिआईपी जुवाडेहरुलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

सोमबार राति काठमाडौंस्थित कमलादीको एक होटलबाट जुवा खेलिरहेको अवस्थामा ९ जना व्यापारीलाई महानगरीय प्रहरी वृत दरबारमार्गले पक्राउ गरेको थियो । कमलादीस्थित गङगोर रिजेन्सी बुटिक होटलबाट उनीहरूलाई २ लाख ७७ हजार ७ सय २० रूपैयाँ सहित पक्राउ गरिएको वृतका प्रमुख रन्जन दाहालले जानकारी दिए ।

पक्राउ पर्नेमा नन्द किशोर शर्मा, अशोककुमार अग्रवाल, गोविन्दराम सरिया, बिमलकुमार खेतान, राम चन्द्र साङ्घाइ, पुरूषोत्तम अग्रवाल, विमल अहुजा र सुरेश अग्रवाल छन् । त्यस्तै होटलका सञ्चालक भारतका मिक्की जोगाइ पनि पक्राउ परेको दाहालले बताए ।

दाहालका अनुसार पक्राउ परेका जुवाडेको साथबाट १०००, ५०० र १०० का १७९ वटा चिप्स पनि बरामद भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *