संघीयता खारेजसम्बन्धी जनमोर्चाको संशोधन विधेयक दर्ता भएन

काठमाडौं। संघीय संसद् सचिवालयले राष्ट्रिय जनमोर्चाको संविधान संशोधनको प्रस्ताव दर्ता गर्न अस्वीकार गरेको छ। जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संविधान संशोधन विधेयकको ‘फर्म्याट’ नमिल्दा दर्ता नभएको बताइन्। संसद् सचिवालयले संशोधन विधेयकको फर्म्याट परिवर्तन गरेर ल्याउन भनेको उनले बताइन्।

उनले भनिन्, ‘हामीले संघीयता खारेका लागि संशोधन प्रस्ताव दर्ता गर्न लागेका हौं। संविधान संशोधन विधेयकको ‘फर्म्याट’ नमिल्दा आज दर्ता हुन सकेन। सचिवालयले फर्म्याट दिएको छ। त्यसअनुसार संशोधन विधेयक परिवर्तन गर्छौँ। भोलि वा पर्सि संविधान संशोधनको प्रस्ताव दर्ता गर्छौँ।’

जनमोर्चाले संघीयतासँगै सबै प्रादेशिक संरचना खारेज गर्नुपर्ने व्यवस्थासहितको संविधान संशोधन विधेयक दर्ता गर्न लागेको हो। सङ्घीयता नेपालले धान्न नसक्ने भन्दै जनमोर्चाले लामो समयदेखि संघीयता खारेजीको माग गर्दै आएको छ। सरकारले निशान छाप परिवर्तनका लागि संशोधन ल्याएपछि आफ्ना एजेण्डामा बार्गेनिङ गर्ने उद्देश्यबाट राजनीतिक दलहरूले पुराना मुद्दालाई पुनः ब्यूँताएका हुन्।

सोमवार राजपा र समाजवादी दलले सङ्घीय संरचना नै परिवर्तनको प्रस्ताव गरी संविधान संशोधन विधेयक संसद्मा दर्ता गरेका थिए। प्रस्तावमा न्यायपालिकाको स्वरूप पनि परिमार्जन, प्रदेशको सीमा हेरफेर लगायतका एजेन्डा छन्। मंगलबार नेपाली काँग्रेसका सांसदहरु पनि मधेसका मुद्दालाई समेटेर संविधान संशोधनको प्रस्ताव दर्ता गर्न संसद् सचिवालय पुगेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *