परोपकार प्रसूती अस्पतालमा उपचाररत महिलामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौंकाे थापाथलीस्थित परोपकार प्रसूती तथा स्त्रीरोग अस्पतालमा उपचाररत एक महिलामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा धादिङ घर भएकी २३ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो । ती महिला हाल परोपकार प्रसूती तथा स्त्रीरोग अस्पतालमा उपचाररत रहेको प्रवक्ता देवकोटाले जानकारी दिए ।

आज थपिएका २८८ जना संक्रमितमध्ये उनी पनि एक हुन् । थप २८८ जनामा संक्रमण पुष्टि भएसँगै नेपालभर संक्रमितकाे संख्या २०९९ पुगेकाे छ । जसमध्ये ८ जनाकाे मृत्यु भइसकेकाे छ भने २६६ जना उपचारपछि संक्रमणमुक्त भएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *