खाना पकाउने ग्यास चुहिएर आगलागी, दुई जनाको मृत्यु
मकालु खबर
२०७७ जेठ २१ गते
बनेपा । कोठामा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा घाइते भएका काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-७ तरकारी बजारका पाँचमध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
गत जेठ १६ गते बिहान बनेपा नगरपालिका-७ तरकारी बजारका रुकेश ठकुरीको घरमा ग्यास पाइप चुहिएर आगलागी हुँदा पाँच जना घाइते भएको थिए ।
घाइते सबै जनाको काठमाडौँस्थित किर्तीपुर वर्न सेन्टरमा उपचार गराइरहेकोमा वर्ष २६ का रुकेश शाह ठकुरी र वर्ष १६ को आयुष ठकुरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जाकारी दिए ।
घाइतेमध्ये शोफिया ठकुरी, रचना ठकुरी र मनिष शाह ठकुरीको सोही अस्पतालमा उपचार भइरहेको र उहांहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । आगलागीबाट कोठाको ढोका र झ्यालहरुमा क्षति पुगेको थियो ।
मकालु खबर
२०७७ जेठ २१ गते
प्रतिक्रिया
सम्बन्धित