मोटरसाईकलमै अस्पताल पुगे संक्रमित स्वास्थ्यकर्मी

काठमाडौं । कोरोना पृष्टि भएपछि सुदूरपश्चिमका एक जना स्वास्थकर्मी मोटर साइकलमै अस्पताल पुगेका छन् ।

कञ्चनपुरको पुर्नवास नगरपालिकामा कार्यरत उनी आफ्नै मोटरसाईकलमा सेती प्रादेशिक अस्पताल धनगढी पुगेका हुन् ।

हाल सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा रहेका ३६ वर्षीय ती स्वास्थ्यकर्मी संक्रमणको पृष्टि भएको १० मिनेटमै अस्पताल पुगेका थिए । उनी सुदूरपश्चिममा संक्रमित हुने पहिलो स्वास्थकर्मी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *