शुक्रबार एकैदिन थपिए २७८ काेराेना संक्रमित

काठमाडौं । देशभर २७८ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आज (शुक्रबार) विभिन्न जिल्लाका थप २७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये २६७ पुरुष ११ जना महिला छन् ।

योसँगै देशभर कोरोना संक्रमितको संख्या २९१२ पुगेको छ । संक्रमितमध्ये ११ जनाको मृत्यु भइसकेको छ भने ३३३ जना उपचारपछि संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *