नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि

काठमाडौं । बाँकेको नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएकी महिलाको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ । उपचारका क्रममा सोमबार साँझ मृत्यु भएकी ४६ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो ।

जिल्लाको बैजनाथ गाउँपालिका-६ की ४६ वर्षीया ती महिलामा कोरोना संक्रमण पुष्टि भएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले मकालु खबरलाई जानकारी दिए । उनका अनुसार सोमबार ज्यान गुमाएकी ती महिलाको मंगलबार साँझ कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

स्वास्थ्य गम्भीर हुँदै गएपछि जेठ ३० गते उनलाई अस्पताल भर्ना गरिएको थियो । बाँकेमा कोरोना भाइरसबाट मृत्यु हुने उनी दोस्रो व्यक्ति हुन् । यसअघि ४ जेठमा बाँकेको नरैनापुर गाउँपालिका-५ का २५ वर्षीय युवकको कोरोनाबाटै मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *