गुल्मीमा कोरोनाः थपिए १४ संक्रमित

गुल्मी । गुल्मीमा थप १४ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

नगरपालिकाको वडा नम्बर–६, ७ र ८ का एक–एक जना, वडा नम्बर–१० का ४ जना, वडा नम्बर–१३ का ३ जना र वडा नम्बर–१४ का एक जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमित सबै भारतबाट आएर क्वारेन्टिनमा रहेका थिए । आज थप १४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १६७ पुगेको छ भने त्यहाँ हालसम्म २ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *