आज असार ७ गते आइतबार, यस्तो छ आजको पञ्चाङ्ग तथा राशिफल

आजको पञ्चाङ्ग
वि.सं. असार ०७, २०७७ । ई.सं. 21 June, 2020 । शक संवत् १९४२ । नेपाल संवत् ११४० तछलागा । प्रमादी उत्तरायण ग्रीष्म । आइतवार आषाढ कृष्णपक्ष । तिथि औंसी, ११:५७ बजे उप्रान्त प्रतिपदा । नक्षत्र मृगशिरा, १३:२५ बजे उप्रान्त आर्द्रा । योग गण्ड, १४:४१ बजे उप्रान्त वृद्धि । करण नाग ११:५७ बजेदेखि किंस्तुघ्न, २३:५८ बजे उप्रान्त कौलव । चन्द्रराशि मिथुन । आनन्दादि योग सौम्य । दिनमान ३४।३६ । सूर्योदय ०५:१० । सूर्यास्त १९:०१ । अमावस्या। स्नानदान गर्ने तथा हलो बार्ने औंसी। चूडामणि योग। खण्डग्रास सूर्य ग्रहण। काठमाडौंमा ग्रहण स्पर्श– १०:५० बजे। मध्य –१२:३८ बजे। मोक्ष– १४:२३ बजे। ग्रहण लाग्ने अवधि– ३ घण्टा ३३ मिनेट।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज पुरानो समस्या सुल्झाउन सकिनेछ । साझेदारीको कर्यबाट राम्रो प्रतिफल मिल्नेछ । आफन्तको प्रगतिमा मन रमाउनसक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रोजगारको अवसर मिलनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । पारिवारीक सुख रहला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) साथीको सहयोग मिल्नेछ । बौद्धिकताको विकास हुनेछ । मिष्ठान्न भोजन प्राप्ति होला । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । यात्रामा मालसामान हराउन सक्छ । सौन्दर्यतामा धन खर्च हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । रमणीय र सुखद् यात्राको योग छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । व्यापार व्यसायबाट लाभ मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धार्मिक कार्यमा रुचि बढ्नेछ । घरमा अतिथीको आगमन हुनेछ । आफन्तको सहयोगबाट कार्य पुरा हुनेछ । नयाँ कार्यको थालनी होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । यात्रामा मालसामान हराउन सक्छ । घरायसी झमेलामा परिएला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नसोचेको ठाउँ बाट धन हात पर्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । नयाँ काम वा रोजगार पाईनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज छोटो दुरीको लाभदायी यात्रा रहला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । वैदेशिक कार्य अघी बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) भाग्योदय हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्यसिद्धि हुने अवसर मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कृषी कार्यमा सफलता मिल्नेछ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *