गण्डकी प्रदेशमा बिहानै १६ संक्रमित थपिए, संक्रमित संख्या ५ सय नाघ्यो

काठमाडौं । गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । बाग्लुङमा ९, म्याग्दीमा ४, पर्वतमा २ र तनहुँमा १ जना गरी १६ जनामा कोरोना देखिएको हो ।

नयाँ संक्रमितमा बागलुङको गल्कोट नगरपालिकाका २१, २२, २२ र २६ वर्ष उमेरका ४ जना पुरुष, ढोरपाटन नगरपालिकाका ४८ वर्षीय १ जना पुरुष, काठेखोला गाउँपालिकाका ३२, ४० र २९ वर्षका ३ जना पुरुष र बागलुङ नगरपालिकाका २१ वर्षीय पुरुष छन् । म्याग्दीको रघुगंगा गाउँपालिकाका ३० र ९ वर्षीया २ जना महिला र २० वर्षीय पुरुष छन् ।

जिल्लाकै मंगला गाउँपालिकाका २० वर्षीय पुरुष तथा पर्वतको कुस्मा नगरपालिकाका २७ र ३२ वर्षीय २ जना पुरुष र तनहुँको ऋषिङ गाउँपालिकाका २९ वर्षीय १ पुरुषमा पनि सङ्क्रमणको पुष्टि भएको हो । १६ जना थपिएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ सय ४ पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा। विनोदविन्दु शर्माका अनुसार संक्रमित सबैलाई सम्बन्धित जिल्लाका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।

हेर्नुहोस् पूरा विवरण :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *