चितवन र पूर्वी नवलपरासीमा गरी थप २१ जनामा कोरोना पुष्टि

चितवन । चितवन र पूर्वी नवलपरासीमा गरी थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ५ र पूर्वी नवलपरासीका १६ जनामा कोरोना देखिएको हो ।

नयाँ संक्रमितमा चितवनको माडी नगरपालिकाका ४ र भरतपुर महानगरपालिकाका १ जना छन् । भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार माडी नगरपालिका वडा नम्बर २, ५, ६ र ८ मा एक-एक जना क्रमश ४७, २८, ३४ र ३२ वर्षका पुरुषहरुमा देखिएको हो । भरतपुर महानगरपालिकाको वडा नम्बर २८ मा २९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि छ ।

यसैगरी पूर्वी नवलपरासीको बुलिङ्गटार गाउँपालिकाका १४ र गैंडाकोट नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो । भरतपुरस्थित प्रयोगशालामा पछिल्लो पटक कूल २७० नमुना परीक्षण गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *