सबैभन्दा शक्तिशाली इन्ट्री लेबल स्मार्टफोन सार्वजनिक : रियलमी सी३

काठमाडौं । रियलमी, सबैभन्दा तीव्र वृद्धि भइरहेको स्मार्टफोन ब्राण्डले आज रु १८००० मूल्य अन्तर्गत सबैभन्दा शक्तिशाली इन्ट्री लेबल स्मार्टफोन “ट्रिपल क्यामेरा, गेम मोनिस्टर”—रियलमी सी३ को घोषणा गरेको छ ।

रियलमी सी३ रियलमीको इन्ट्री लेबल अल राउन्डर सी सिरिजमा अनुवृद्धि हो जसमा विश्वभर १०.२ मिलियन प्रयोगकर्ताहरू छन् र सफलतापूर्वक इन्ट्री लेबल सेगमेन्टका स्मार्टफोनलाई बाधित गरेको छ ।

रियलमी सी३ मुख्य ४ क्षेत्र—प्रदर्शन, ब्याट्री, डिस्प्ले र क्यामेराको एक सुपरस्टार हो । सर्वप्रथम, सी३ मा मिडियाटेक हेलियो जी७० प्रोसेसर छ जसले दुवै मुख्यधार प्रयोगकर्ता र गेमर्सका लागि शक्तिशाली र द्रुत प्रदर्शन सुनिश्चित गर्दछ । रियलमी सी३ दुई उत्तम कलर—ब्लेजींग रेड र फ्रोजन ब्लुमा सार्वजनिक गरिएको छ ।

असार १० गतेबाट बिक्री सुरु हुने रियालमी सी३, ३जीबी र्‍याम र ३२जीबी स्टोरेजका साथ रु १६९९० मा उपलब्ध हुनेछ । ट्रिपल क्यामेरा गेम मोनिस्टर—रियलमी सी३ देशभरका सबै अफलाइन आउटलेहरुमा उपलब्ध हुनेछ ।

ट्रिपल एआई क्यामेरा
रियलमी सी३ मा १२एमपी+२एमपी+२एमपी रियर क्यामेरा सेटअप रहेको छ । रियर मुख्य क्यामेरामा एफ १.८ ठुलो अपर्चर र १.२५ μm पिक्सल साइज रहेको छ । यसले फोर एक्ससम्म जुम गर्न सक्छ र पीडीएफ अटोफोकस समर्थन गर्दछ । यसले फोटोलाई दिनको उज्यालोमा कम प्रकाश र अँध्यारो वातावरणमा उज्यालो पार्दछ । ४ सीएम सुपर म्याक्रो लेन्सले सानो वस्तुहरू खिच्दा अधिक जानकारी दिन्छ । प्रयोगकर्ताले अतिसूक्ष्मसँग अझ बढी सृजना गर्न सक्दछन् । ट्रिपल रियर क्यामेराले हाडवेयर लेबल बोकह समर्थन गर्दछ जुन बढी प्राकृतिक हो र वस्तुलाई अझ प्रख्यात बनाउँदछ चाहे त्यो बिरुवा, जनावर वा मानिस होस् ।

रियलमी सी३ मा क्रोमा बुस्ट, पोट्रेट मोड र स्लो मोसन भिडियो रेकडिंग जस्ता रोमाञ्चक विशेषताहरू छन् । जुन यस सेगमेन्टमा पाउन निकै मुस्किल छ । पिक्सल लेबल म्यापिङ्ग अल्गोरिदमको माध्यमबाट क्रोमा बुस्टले ब्राइटनेस र कलर पुनर्स्थापित गर्दै, उत्तम डाइनामिक रेन्ज, स्क्रिन कन्ट्रास्ट र भिभिड कलर प्रदान गर्दछ ।

यसबाहेक, क्यामेराले स्वचालित एचडिआर मोड समर्थन गर्दछ । यसलाई खोलेपछि, अधिक विवरण र थुप्रै कलरका साथ अचुक तस्वीरका लागि हाइलाइट र डार्क डिटेल राख्न सकिन्छ । यो क्यामेराले १०८०पी भिडियो सुटिङ र १२०एफपीएसमा स्लो—मोसन भिडियो खिच्न सकिन्छ । यसको अगाडि ५ एमपी सेल्फी क्यामेरा छ । सेल्फी क्यामेराले एआई ब्युटिफिकेशन फंसन, एचडीआर मोड, पोट्रेट मोड र प्यानो सेल्फी विशेषता समर्थन गर्दछ जसले गर्दा व्यापक सेल्फी लिन सकिन्छ ।

स्टाइलिस डिजाइन र डिस्प्ले
रियलमी सी३ मा ६.५ इन्च एचडी+ मिनी ड्रप डिस्प्लेका साथ यो सेगमेन्टकै ठुलो डिस्प्ले रहेको छ जुन सामान्य डिउड्रपको तुलनामा ३०.९५ सानो छ जसले स्क्रिन टु बडि अनुपात ८९.८५ उच्च बनाउँछ । यो ठुलो स्क्रिनले फिल्म हेर्दा, गेम खेल्दा वा सामाजिक सञ्जाल चलाउँदा अवलोकन अनुभवलाई वृद्धि गर्दछ ।

रियलमी सी३ को रोमाञ्चक नयाँ कलर ब्लेजींग रेड र फ्रोजन ब्लुको डिजाइन हट लाभा र कोल्ड ग्लेसियरबाट प्रेरित भएको हो । प्लास्टिक मोल्डमा लागू गरिएको उत्कृष्ट अप्टिकल टेक्सचर पोलिसिंग, रेडियम कार्भिङ्ग र स्यान्डब्लास्टिङ्ग टेक्नोलोजी संयोजन गरेर बनाइएको छ ।

बेस्ट—इन—क्लास पर्फमेन्स
रियलमी सी३ ले मिडियाटेक हेलियो जी७० प्रोसेसर प्रदान गर्दछ जुन यस सेगमेन्टकै उत्तम हो र यसमा नेटवर्क लेटेन्सीलाई सुधार्न मिडियाटेक गेमिंग टेक्नोलोजी छ । यो ८ कोर, १२ एनएम प्रोसेसर हो जुन २.०जीएचजेड सम्म चल्छ जसले यसलाई यस श्रेणीकै सबैभन्दा तीव्र र नवीनतम बनाउँछ । रियलमी सी३ निपुर्ण र उच्च प्रदर्शन एआरएम मेल जी फाइभ जीपीयूका साथ मध्यधार प्रयोगकर्ताहरूका लागि आदर्श र मोबाइल गेमर्सहरुका लागि सर्वोत्कृष्ट छ ।

 

रियलमी सी३ मा १९३००० भन्दा बढी एन्टुटु बेन्चमार्क स्कोर छ जसले यस सेगमेन्टमा उत्कृष्ट प्रदर्शन गर्दछ जुन यो सेगमेन्टको अन्य कुनै फोन भनदा निकै धेरै हो । उच्च स्पिड कनेक्सनका लागि फोनमा डुअल वाईफाईको विशेषता छ जसले निबोध रुपमा तीव्र कनेक्सनका लागि अप्टिमल ब्यान्डमा स्वीच गने अनुमति दिन्छ ।

 

यसका साथै मल्टिमिडिया प्रयोगमा, रियलमी सी३ मा मिडिया टेक हेलियो जी७० को डिस्प्ले लेटेन्सी अप्टिमाइजेसन छ जसले तीव्र प्रतिक्रिया समय, अझ बढी उचित स्क्रिन कन्ट्रोल दिनुका साथै टच स्क्रिनको फ्लुडिटी वृद्धि गर्दछ । साथै अवलोकन अनुभवलाई बढाउँदै मिडिया टेक हेलियो जी७० मा प्रिमियम पिक्चर क्वालिटी छ जसले वास्तविक रङ्गहरू समर्थन गर्दछ । राम्रो स्क्रिन कन्ट्रास्टका साथ, गेम खेल्दा र भिडियोहरु हेर्दा क्लियर तस्बिर र आउटपुट राम्रो आउँछ जसले रियलमी सी३ लाई उत्तर अवलोकनको फाइदा दिन्छ जहाँ अन्य मोडलमा देख्न सक्दैनन् ।

रियलमी सी३एपीडीडीआर फर एक्स र्‍यामद्वारा सञ्चालित दुई भेरियन्टमा उपलब्ध छ । एपीडीडीआर थ्री को तुलनामा ग्राफिक पर्फमेन्स २०५ र र्‍याम पर्फमेन्स १००५ ले सुधारिएको छ । रियलमी सी३ मा ट्रिपल कार्ड स्लटका साथ डुअल सिम स्लट र २५६जीबीसम्म एक्टेन्ड गर्न मिल्ने डेडिकेटेड एसडी कार्ड स्लट छ ।

रियलमी सी३ ले ०.२७ सेकेण्डमा अल्टा—फास्ट फिंगरप्रिन्ट अनलकिंग मात्र नभएर फेसियल रिकग्निसन पनि समर्थन गर्छ जुन सिङ्गल क्लिक वा एक झलकमै सजिलै अनलक गर्न सकिन्छ जुन एकै समयमा अनलक गर्न सरल र हाम्रो गोपनीयताका लागि सुरक्षित छ ।

विशाल ब्याट्री

रियलमी सी३ मा ठुलो ५००० एमएएच ब्याट्री छ जसका साथ ननस्टप मनोरञ्जन लिन सकिन्छ । रियलमी सी३ का साथ घण्टौँसम्म कुराकानी गर्न सकिन्छ, यूटुबका भिडियोहरु प्रवाह गर्न, गीतहरू सुन्न, गेम खेल्न र कुनै रोकावट बिना नेभिगेट गर्न सकिन्छ । यसले रिभर्स चाजिंग पनि समर्थन गर्दछ जसको मतलब यसले पावर बैङ्क जसरी नै अन्य उपकरणहरूलाई चार्ज गर्दछ ।

रियलमी युआई अपडेटका साथ रियलमी सी३
रियलमी सी३ पहिलो रियलमी स्मार्टफोन हो जुन रियलमी यूआईका साथ एन्ड्रोइड १० मा आधारित छ । रियलमी यूआई अधिक र एन्ड्रोइड अनुभवको नजिक पुग्नका लागि राम्रोसँग निर्मित गरिएको छ ।

रियल डिजाइनको अवधारणा, रियलमी यूआई वास्तविक जीवनबाट प्रेरित रियलमी यूआई चारवटा चीजहरूमा केन्द्रित रहेर डिजाइन गरिएको छ—सिस्टमको कलर, आइकन, वालपेप्पर र एनिकेसन । रङ्गहरूको सर्तमा रियलमी यूआईले वास्तविक कलर स्किम निर्माण गर्न, उत्साह र ताजापनको भावना ल्याउन उच्च सन्तृप्ति र उच्च चमक रङ्गहरूको प्रयोग गर्दछ ।

कस्टुमाइजेबल आइकन
रियलमी यूआईले आइकन कस्टुमाइजेसन फंसन प्रस्तुत गरेको छ । अब प्रयोगकर्ताले आइकनको आकार र आकृति मात्र नभएर आइकनको आन्तरिक ग्राफिकको आकृति पनि परिवर्तन गर्न सक्छन् ।

क्वान्टम एनिमेसन इन्जिनका साथ रियलमी यूआई
सिस्टम एनिमेसनको सर्तमा रियलमी यूआई नवीनतम क्वान्टम एनिमेसन इन्जिनले सुसज्जित छ जसले स्क्रिनको फ्लुएन्सीलाई सुधार गर्दछ ।

प्रयोगकर्ताका अनुभवलाई बढाउन रियलमी यूआईमा ४ कस्टुमाइज्ड् ट्रेन्डी फंसनको विशेषता रहेको छ :

फोकस मोड
फोकस मोड खोल्दा यसले प्रयोगकर्तालाई बाहिरी दुनियाँबाट आफूलाई अलग गर्न मद्दत गर्दछ र प्रणालीले लगातार आरामदायी सङ्गीत बजाउँछ । यसले डीएनडी अन गर्दछ नयाँ नोटिफिकेसन आउन रोक लगाउँछ र चार बिल्ट—इन धुनमध्य एक चयन गरेर आरामदायी जोनमा लग्छ ।

डुअल मोड म्युजिक शेयर
यदि दुई जना प्रयोगकर्ताहरुले एकै समयमा एउटै उपकरणबाट एउटै भिडियो वा गीत हेर्न÷सुन्ने कोसिस गर्दा यो विशेषता निकै उपयोगी छ । रियलमी सी३ मा एकैसाथ वायरलेस इयरबड र वायर्ड इयरफोन कनेक्ट गर्न सकिन्छ जसले गर्दा एउटै रियलमी स्मार्टफोनबाट दुई जना व्यक्तिले एउटै गीत सुन्न सक्छन् ।

थ्री फिंगर स्क्रिनसट गेस्चर
स्क्रिनसट लिनका लागि ३ वटा औँलाको प्रयोग गरेर, स्क्रिन प्रेस र होल्ड गर्नुहोस् र त्यसपछि स्क्रिनको छनौट गरिएको भाग क्याप्चर गर्न स्वाइप गर्नुहोस् । क्रप गरिरहन आवश्यक छैन र आंशिक स्क्रिनसट लिने काम मात्र एक चरणमै गर्न सकिन्छ ।

व्यक्तिगत जानकारी संरक्षण
रियलमी यूआईले प्रयोगकर्ताको गोपनीयता संरक्षण गर्ने लक्ष्य राख्दछ र एपहरूले व्यक्तिगत जानकारी पहुँच गर्न सक्ने तरिका परिवर्तन गर्दछ । रियलमी यूआईमा व्यक्तिगत जानकारी संरक्षण खोल्नाले एपले प्रयोगकर्ताको व्यक्तिगत जानकारीको पहुँचका लागि अनुरोध गर्दा सिस्टमले खाली जानकारीका पृष्ठहरू प्रदान गर्दछ ।

लाइट, फास्ट र पावर सेभिंग विशेषता र ट्रेन्डी फंसन
रियलमी यूआईले नवीनतम एन्ड्रोइड १० अनुसरण गर्दछ जसमा लाइट, फास्ट र पावर सेभिंग विशेषताहरू छन् र यसबाहेक फ्लुएन्सी, पावर उपभोग र प्रदर्शनको सर्तमा थप अनुकूलित गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *