कास्कीमा थप एककाे काेराेना संक्रमणबाट मृत्यु

कास्की । पाेखरामा काेराेना संक्रमणबाट एककाे मृत्यु भएकाे छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमान्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको हाे ।

यससँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने व्यक्तिहरुको संख्या २५ पुगेको छ ।अस्पतालका सहप्रध्यापक डा. अर्जुन आचार्यका अनुसार स्याङ्जाको सिरुवारी निवासी ५५ वर्षीय पुरुषको गएराति ११ः३५ बजे मृत्यु भएको छ ।

ती पुरूषलाई असार आठ गते अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य बिग्रिँदै गएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । अस्पताल स्राेतका अनुसार उनी डायबिटिजबाट समेत पीडित थिए ।

पश्चिमान्चल क्षेत्रीय अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएका स्याङ्जाका यी पुरुष दोस्रो व्यक्ति हुन् । यसअघि पनि सोही अस्पतालमा स्याङ्जाकै ५८ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको थियो ।

यसैबीच गण्डकी प्रदेशमा बिहीबार बिहान थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जा, म्याग्दी, बाग्लुङ र नवलपुरमा नयाँ संक्रमित पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा म्याग्दीका २० देखि ३२ वर्ष उमेर समूहका ६ जना पुरुष छन् । स्याङ्जाका एक जना, बागलुङका २ जना छन् । भने, नवलपुरमा संक्रमण पुष्टि हुने २ जना छन् । गण्डकी प्रदेशभर बिहीबारसम्म ७ सय ५३ जनामा कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *