प्रेमीकाे विवाहको खबर सुनेर घरबाट भागेकी महिलालाई गाउँलेले सडकमा लछारपछार पारे

हाजीपुर । भारतकाे वैशाली जिल्लाको भगवानपुरमा एक युवतीलाई गाउँका मानिसहरुले सडकमा ल्याएर कुटपिट गरेका छन् । महिलाहरुले थप्पड हाने भने पुरुषहरुले कपाल समातेर घिसारे ।

ती युवती आफ्नो प्रेमीको विवाह हुन लागेको खबर सुनेर विवाह रोक्नका लागि घरबाट भागेर आएकी थिइन् । पञ्चायतपछि उनको विवाह प्रेमीसँग नै गराइएको छ । यो घटना बुधबारको हो ।

भगवानपुर प्रखण्ड हुसैना खुर्दकी एक युवतीको विवाह मुजफ्फरपुरको शाहपुरका  युवक अर्थात् ती युवतीका प्रेमीसँग तय भएको थियो । २५ जूनमा जन्ती आउने तयारी थियो । घरमा विवाहको पुरै तयारी चलिरहेको थियो । मण्डप समेत बनाइएको थियो ।

यसैबीच बुधबार एक युवती अटोमा गाउँ पुगिन् र आफैँलाई त्यो युवकको श्रीमती भएको बताइन् जो जन्ती लिएर आउनेवाला थिए । यो खबर सुनेर गाउँका मानिसहरु भड्किए । महिलाहरुले युवतीलाई अटाोबाट झारेर कुटपिटि गर्न सुरु गरे । त्यसपछि एक कोठामा बन्द गरियो ।

गाउँका मानिसहरु एकजुट भए र युवतीसँग सोधपुछ गर्न थाले । युवतीले आफ्नो पहिले नै ती युवकसँग विवाह भएको बताइन् । ती युवकसँग आफूले कोर्ट म्यारिज गरेको युवतीको भनाइ थियो ।

गाउँका मानिसहरुले पञ्चायत बोलाए । त्यहीँको मन्दिरमा ती युवती र उसको प्रेमीको विवाह गरिदिए । पञ्चायतमा युवकको परिवारलाई पनि बोलाइयो । युुवकले प्रेम स्वीकारेपछि विवाह भएकाे भारतीय सञ्चार माध्यम दैनिकक भास्करले जनाएकाे छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *