असार ९ गते आत्महत्या गरेका दैलेखका २१ वर्षीय युवकमा कोरोना पुष्टि

सुर्खेत । असार ९ गते आत्महत्या गरेका दैलेखका २१ वर्षीय युवकमा कोरोना पुष्टि भएको छ । दुल्लु नगरपालिका–१० का २१ वर्षीय युवकको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि कोरोना संक्रमण पुष्टि भएको हो ।

गत जेठ ११ गते भारतबाट दैलेख आइपुगका युवक पञ्चकोसी माध्यामिक विद्यालय गमौडीमा १४ दिन क्वारेन्टिनमा बसेका थिए । उनीसँगै क्वारेन्टिनमा बसेका २११ जनाको आरडीटी परीक्षण नेगेटिभ आएपछि घर पठाइएको थियो ।

योसँगै दैलेखमा कोरोना संक्रमिमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । कर्णालीमा भने कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

यसअघि सुर्खेतमा दुई, दैलेखमा दुई र डोल्पामा एकजनाको मृत्यु भइसकेको छ।

मृत्यु भएका ६ जनामध्ये ५ जनामा मृत्युपछि मात्रै कोरोना संक्रमण पुष्टि भएको हो । एकजनामा मृत्युअघि नै संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *