शाओमीद्वारा नेपालमा रेडमी नोट ९ सार्वजनिक

काठमाडौं । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले आज नेपालमा रेडमी नोट ९ सार्वजनिक गरेको छ । यो नोट ९ सिरिजमा सार्वजनिक गरिएको मध्य दोस्रो फोन हो । हालै सार्वजनिक भएको रेडमी नोट ९ प्रो का साथ, नयाँ रेडमी नोट स्मार्टफोन लाइनअपले कुनै फ्ल्यागसीप मुल्य बिन्दु बिना अत्याधुनिक डिजाइन र नविनता जारी राख्छ ।

‘हामी नोट ९ सिरिजमा अर्को स्मार्टफोन नेपालमा सार्वजनिक गर्न पाउँदा निकै उत्साहित छौं’, शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘५०२० एमएएच ब्याट्री, ४८ एमपी क्यामेरा र मिडियाटेक हेलियो जी८५ प्रोसेसर जस्ता विशेषताका साथ रेडमी नोट ९ हाम्रो रेडमी नोट लाइनमा एक उल्लेखनिय अनुवृद्धि हो र मी फ्यानहरुले यो उत्पादन मन पराउनेछन् भन्ने आशा राखेका छौँ ।’

रेडमी नोट ९ ले ४८ एमपी मुख्य क्यामेरा र ८ एमपी अल्ट्रा वाइड—एंगल लेन्सका साथ फोटोग्राफीलाई अगाडि ल्याउने कम्पनीले जनाएकाे छ । यसको २एमपी म्याक्रो लेन्स र २ एमपी डेप्थ सेन्सर पूर्ण क्वाड क्यामेरा सेटअपले सबै एंगलबाट शुन्दर तस्वीरहरु खिच्छ । अधिकतम फ्रन्ट स्क्रिन डिस्प्ले आकारका लागि डिस्प्लेमा १३एमपी क्यामेरा राखिएको छ ।

रेडमी नोट ९ को सिनेमेटिक पोट्रेट र भिडियो मोडले प्रयोगकर्तालाई फिल्महरुमा सामान्यतय प्रयोग गरिने समान ढाँचाको २.३९ः१ एसपेक्ट रेसियोको फोटो वा भिडियो खिचेर निर्देशकमा परिणत गर्ने बताइएकाे छ । साथै, विभिन्न ६ क्यालिडोस्कोप अप्सनका साथ सबैले छिट्टै शुट गर्न, एकै पलमा आकर्षक भिडियो खिच्न सक्छन् र नयाँ डकोमेन्ट मोडले स्मार्टफोनलाई पकेट साइजको स्क्यानरमा रुपान्तरण गर्छ ।

लामो समयसम्म टिक्ने ब्याट्री, फास्ट चार्ज

ठुलो ५०२० एमएएच ब्याट्रीका साथ प्याकिंग गरिएको रेडमी नोट ९ ले अर्को दिनसम्मका लागि पुग्ने पर्याप्त पावर राख्छ । यो उपकरण बक्समा २२.५ वाट्ट फास्ट चार्जरका साथ आउँछ जुन अन द गो प्रयोगकर्ताहरुका लागि आदर्श साथी बन्छ ।

हुड अन्तर्गत, रेडमी नोट ९ मा मिडियाटेक हेलियो जी८५ प्रोसेसर रहेको छ जसले यसलाई नयाँ चिपसेट फिचर गर्ने विश्वकै पहिलो स्मार्टफोन बनाउँछ । यसमा 2x A75 2.0GHz, 6x A55 1.8GHz सीपीयू र ARM G52 MC2  का साथ लगभग १००० एमएचजेड र लगभग २५ एफपीएस Manhattan 3.0 GPU छ जसले अल्ट्रा स्मुद डे टु डे पर्फमेन्स प्रदान गर्दछ ।

फ्यागसीप लेबल डट डिस्प्ले

रेडमी नोट ९, फ्रन्टमा कर्निंग गोरिला ग्लास ५ ले सुरक्षित गरिएको इमर्सिभ ६.५३ इन्च डट डिस्प्लेका साथ नयाँ लुकमा आकर्षक देखिएको छ । यसमा ३.५एमएम हेडफोन ज्याक, आईआर ब्लास्टर जस्ता फ्यानहरुको लोकप्रिय अन्य विशेषताहरुको एर्रे समावेश रहेको छ ।

यो लामो समयसम्म आखाँको आरामका लागि TÜV Rheinland कम ब्लु लाईट सटिफिकेशन, दुर्घटनावस गिरावटका लागि स्प्लेस प्रुफ न्यानो कोटिंगका साथ आउँछ । रेडमी नोट ९ प्रयोगकर्ताले कुनै पनि स्टाइललाई मिल्ने दुई मोहक कलर —मिडनाइट ग्रे र फरेस्ट ग्रीन छनौट गर्न सक्छन् ।

रेडमी नोट ९ रु २२,९९९ मुल्यमा १८०० भन्दा बढि मी प्रिफर्ड पार्टनरहरु, मी अफलाइन स्टोर, रिटेल पार्टनर र अनलाईन पार्टनर डराज र सस्तोडिलमा छिट्टै उपलब्ध हुनेछ । यो ४जीबी+१२८जीबी भेरियन्टमा दुई कलर— मिडनाइट ग्रे र फरेस्ट ग्रीनमा उपलब्ध हुने कम्पनीले जानकारी दिएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *