युभेन्टसको सानदार जित, बनायो ७ अंकको अग्रता

काठमाडौं । इटालियन सिरी ए अन्तर्गत साविक विजेता युभेन्टसले सानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा युभेन्टसले लिचमाथि ४–० गोल अन्तरको सहज जित हासिल गरेको हो ।

युभेन्टसको जितमा पाउलो डिबाला, क्रिस्टियानो रोनाल्डो, गोन्जालो हुगैन र माथिस डि लाइटले एक एक गोल गरेका थिए । यस खेलमा लिचका फाबिओ लुसिओनीले खेलको ३१औ मिनेटमा रातो कार्ड पाएर मैदान छोडेपछि लिच १० खेलाडीमा सिमित भएको थियो ।युभेन्टस आफ्नो घरेलु मैदानमा सहज जित हासिल गर्दै सिरी ए मा ७ अंकको अग्रता बनाउन सफल भएको छ । यो जितपछि युभेन्टसको २८ खेलमा ६९ अंक छ भने दोस्रो स्थानमा रहेको लाजियोके २७ खेलमा ६२ अंक रहेको छ । त्यस्तै लिचको भने २८ खेलमा केवल २८ अंक छ र उ रेलिगेसन जोनमा १८औ स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *