गण्डकी प्रदेशका ३ जिल्लामा ३२ कोरोना संक्रमित थपिए

काठमाडौं । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । स्याङजाका २२, बागलुङका ८ र नवलपरासी (वर्दघाट सुस्ता पूर्व)का २ जना गरी ३२ जनामा कोरोना पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना देखिएको हो । ३२ जना थपिएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८ सय ३८ पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माका अनुसार हुप्सेकोट गाउँपालिका र वालिङ नगरपालिकाका संक्रमित आईसोलेसनमा बसिसकेका छन भने अन्यलाई सम्बन्धित जिल्लाका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।

हेर्नुहोस् पूरा विवरण :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *