नेकपा नेताहरुका घाँटीमा अझै कोरोनाको जन्तर !

काठमाडौं । बरिष्ठ नेता माधबकुमार नेपालले कोरोना भाइरसबाट जोगिने सुरक्षा कवच बन्दै वितरण गरेको ‘आइडी कार्ड’ जस्तो अझै लगाइरहेका छन् । उनलाइ याे कार्ड कहाँबाट कसले दियाे खुल्न सकेकाे छैन ।

हिजो शुक्रबार स्थायी कमिटि सदस्यहरुलाई कोरोना कवच भन्दै वितरण गरीएको ‘आइडी कार्ड’ को सर्वत्र आलोचना भएपनि नेताहरुले लगाउन छाडेका छैनन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी स्थायी कमिटि बैठकमा आज पनि नेकपाका नेताहरुले जन्तर जस्तो उक्त ‘आइडी कार्ड’ झुण्ड्याएका छन् । आज सबै स्थायी कमिटि सदस्यहरुले उक्त ‘आइडी कार्ड’ नलगाए पनि केहीले भने लगाएरै आएका छन् । ‘आइडी कार्ड’ नलगाउनेहरुले प्लाष्टिकको जुत्ता भने लगाएका छन् ।

शुक्रबारको बैठकमा वरिष्ठ नेता माधव कुमार नेपालले ‘कोरोना भाइरस नजिक आउन नदिने’ भन्दै सो कार्ड बाँडेका थिए । ‘भाइरस ब्लकर’ नाम गरेको सो कार्डले कोरोना भाइरसलाई नजिक आउन नदिने दावि गरीएको छ । यद्यपि, यस बारेमा विश्व स्वास्थ्य संगठनले केही बोलेको छैन ।

वरिष्ठ जनस्वास्थ्य विद् डा. रवीन्द्र पाण्डेले उक्त जन्तरले कुनै काम नगर्ने बताएका छन् । हङकङका भाइरोजिष्ट तथा इम्युनिलोजिष्ट डा. एरिन डेविडसनले पनि कोरोना जन्तरले कुनै काम नगर्ने बताएका छन् । उनले त उक्त कार्डले स्वाश्प्रश्वासजन्य भाइरसबाट सुरक्षा नगर्ने बरु अन्य स्वास्थ्य जोखिम बढाउने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *