एक पत्थरबाट रातारात करोडपति बने यी व्यक्ति 

तान्जिनियाको एक सानो खानीमा काम गर्ने कामदारले केवल आफ्नो जिन्दगीको मात्रै होइन पुरै देशको लागि सबैभन्दा ठुलो खोज गरेका छन् । त्यहाँका नागरिक सैनीनियु लाइजरले ठुलो कच्चा तान्जनाइट पत्थर फेला पारेका हुन् । यसको कुल तौल १५ किलो छ ।

यो पत्थर पृत्वीमा पाइने एक बहुमूल्य दुर्लभ पत्थर हो । यो खाजेबाट उनलाई ३४ लाख डलर अर्थात् करिब २५ करोड रुपैयाँ रकम मिलेको बीबीसीले जनाएको छ । देशको उत्खनन् मन्त्रालयबाट यति धेरै रकम पाएपछि उनी रातारात करोडपछि बने ।

केवल उत्तरी तान्जानियामा पाइने तान्जानाइट बहुमूल्य ज्वेलरीका लागि प्रयोग गरिने एक प्रसिद्ध रत्न हो । यसको प्रयोग  प्रयोग औंठी, ब्रासलेट, नेकलेस लगायतमा गरिन्छ ।  यसबाट अन्य विभिन्न किसिमका आभूषण पनि बनाइन्छ ।

यो पृथ्वीमा पाइने दुर्लभ रत्नमा पर्छ । एक स्थानीय जियोलोजिष्टको अनुमान अनुसार अबको २० वर्षमा पूर्ण रुपमा यसको आपूर्तिको अन्त्य हुनेछ । हरियो, रातो र निलो लगायत विविध रंग यसको मुख्य आकर्षण हो । यसको मूल्य दुर्लभ भएकै कारण बढेको हो । जति धेरै रंग र स्पष्टता हुन्छ यो त्यति नै महंगो हुन्छ ।

लाइजरले पछिल्लो हप्ता ९.२ किलो र ५.८ किलो वजनको यो पत्थर उत्खननका क्रममा निकालेका थिए । तर बुधबार मान्यारामा भएको एक कार्यक्रममा उनले बेचिदिए । उनलाई राष्ट्रपति जान मेगुफुलीले समेत फोन गरेर धन्यवाद दिएका छन् । योभन्दा अघि उत्खनन् गरिएको तान्जानाइट पत्थर ३.३ किलोको थियो ।

५२ वर्षका लाइजरका ४ पत्नी छन् । उनी उत्खननबाट प्राप्त पैसा आफ्नो समुदायमा लगानी गर्ने उनको योजना छन् । उनी भन्छन्– ‘एक सपिङ्ग मल र स्कूल बनाउन चाहन्छु । यो म आफ्नो घर नजिकै बनाउन चाहन्छु । यहाँ धेरै गरिब मानिसहरु छन् जो आफ्नो बच्चालाई स्कुल पढाउन सक्दैनन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *