आज असार १५ गते सोमबार, यस्तो छ आजको पञ्चाङ्ग तथा राशिफल

आजको पञ्चाङ्ग
वि.सं. असार १५, २०७७ । ई.सं. 29 June, 2020 । शक संवत् १९४२ । नेपाल संवत् ११४० दिल्लाथ्व । प्रमादी उत्तरायण ग्रीष्म । सोमवार आषाढ शुक्लपक्ष । तिथि नवमी, २१:३८ बजे उप्रान्त दशमी । नक्षत्र हस्त, ०७:२३ बजे उप्रान्त चित्रा । योग परिघ, १७:५६ बजे उप्रान्त शिव । करण वालव १०:५३ बजेदेखि कौलव, २१:३८ बजे उप्रान्त वणिज । चन्द्रराशि कन्या । आनन्दादि योग वज्र । दिनमान ३४।३३ । सूर्योदय ०५:१३ । सूर्यास्त १९:०२ । राष्ट्रिय धान दिवस । रोपाइँ महोत्सव । दहीचिउरा खाने परम्परागत दिवस ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । श्रृंगार तथा सजावटको कार्यमा विशेष सफलता हात लाग्नेछ । धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) लाभ,हानी, आय, व्यय, सुख, दुख वरावरी खालको समय छ । नयाँ काममा हात हाल्ने समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज कार्य सिद्धिको योगछ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । वैदेशिक कार्य अघी बढ्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । जोश,जाँगर र उमङ्ग बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकाएको भय रहला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । धर्म,कर्ममा मनपनि लाग्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज प्रेम जीवन सुखद् रहनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मित्र वा आफन्तको सहयोग मिल्नेछ । परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) निर्णय कार्यान्वयन हुन सक्दैनन् । आत्मबलमा कमी आउनेछ । मनमा दुविधा उत्पन्न हुनेछ । मन भावुक र उत्ताउलो बन्नेछ, सचेत रहनु होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सजिलै अरूको मन जित्न सकिनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *