वीपी प्रतिष्ठानका चिकित्सक, शिक्षक, कर्मचारीहरुको तलब बढ्यो

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कर्मचारी चिकित्सकहरुलाई बढेको तलब वितरण गर्ने भएको छ । प्रतिष्ठानको ४३ औं सञ्चालक परिषद्बाट पारित भएको निर्णय अनुसार प्रतिष्ठानको आन्तरिक श्रोत बाट २० प्रतिशत तलब बृद्धि गर्ने निर्णय कार्यान्वयन गर्ने भएको हो ।

प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीका अनुसार २०७६ साउन १ गते देखि नै लागू हुने गरी प्रतिष्ठानका श्रेणी विहिन देखि सहायक स्तरसम्मका कर्मचारीहरुको बेसिक तलबमानमा २० प्रतिशत बृद्धि गरिएको छ ।

अधिकृत स्तरदेखि डेपुटी रजिष्ट्रारसम्मका कर्मचारीहरुको १५ प्रतिशत तलब बृद्धि गरिएको छ । भने, सिनियर रेसिडेन्टदेखि पदाधिकारीहरुको हकमा बसिक तलबमा १० प्रतिशत तलब बृद्धि गरीएको छ । १० प्रतिशत तलब बृद्धि हुनेहरुमा नियमानुसार आकर्षक भक्ता पाउने शिक्षकहरु समेत रहेका छन् ।

प्रतिष्ठानमा श्रेणी विहिन, सहायक स्तर, अधिकृत देखि डेपुटी रजिष्ट्रारसम्म गरी करिब पाँच हजारको संख्यामा कर्मचारी रहेका छन् भने, सरसफाई, सुरक्षा गार्डहरु प्रतिष्ठानले ठेक्का मार्फत लिने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *