मान्छेको जीउमा ६० हजार माहुरीको गोलो, कायम गरे विश्व कीर्तिमान

काठमाडौं । एक माहुरीकाे टाेकाइ सहन मान्छेलाई हम्मे पर्छ तर भारतका एक युवाले ६० हजार माहुरी आफ्नो शरीरमा  बसाएका छन् । भारतको केरलाका युवक नेचर एमएसले आफ्नो शरीरमा ६० हजार माहुरीलाई ४ घण्टासम्म बसालेर विश्व कीर्तिमान कायम गरेका हुन् ।

ती युवकले आफू ७ वर्षको छँदादेखि नै आफ्नो अनुहारमा माहुरी बसाल्न सुरु गरेका थिए । सुरुमा उनकाे हातमा रहेको रानी माहुरी खोज्दै त्यसलाई जोगाउनका लागि ठूलो संख्यामा कर्मी माहुरीहरु उनकाे हातमा झुम्मिएका थिए । उनकाे याे पहिलाे अनुभव थियाे । ‘अर्को दिन मैले मेरो टाउकोमा रानी माहुरी राखेर सोही प्रयोग गरेँ । केही क्षणमै हजारौँ माहुरीहरु आएर मेर टाउको तथा अनुहारमा बसेर र ढपक्कै ढाके’, उनले भने ।

एमएसका अनुसार माहुरीले सामान्य अवस्थामा मानिसलाई चिल्दैन । मान्छेकै गल्तीका कारण माहुरीले चिल्ने हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *