साम्राज्ञीको आरोप: ‘हाम्रो टाउको देखाएर बेइज्जत गरेर पैसा कमाए’

काठमाडौं । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह युट्युवरहरु प्रति खनिएकी छिन् । भुवन केसीसँगको लफडामा चर्चामा आइरहेकी ‘ड्रीम्स’ गर्ल साम्राज्ञीले नायिकाहरुको टाउको देखाएर पैसा कमाउने युट्युवमा धेरै भएको भन्दै अब देखि युट्युवरलाई अन्तरवार्ता नै नदिने बताएकी छिन् ।

आफ्नो इन्स्टाग्राममा भिडियो सार्वजनिक गर्दै साम्राज्ञी महिला कलाकारहरुलाई युट्युवमा पढ्नै नसक्ने अश्लिल गाली गलौजहरु आउने र युट्युवरहरुले त्यसैलाई हेरेर मज्जा मानिरहेको जिकिर गरेकी छिन् ।

साम्राज्ञीले युट्युवरहरुले राख्ने हेडलाइन्सहरु पढ्दा नै टाउको दुख्ने जनाएकी छिन् । ‘यो दुई दिन भित्र मलाई धेरै युट्युवरहरुले इन्टरभ्यूको लागि कल आइरहेको छ । र, मैले इन्टरभ्यू नदिनुको कारण भनेको हामी कलाकारहरुले धेरै पटक हाम्रो कुराहरु पोख्न खोजेका छौं, सुनाउन खोजेका छौं, तर, हाम्रो त्यो कुरालाई उचालेर हेडलाइन्स पढ्दा नै घीन लाग्ने त्यस्तो न्यूज बनाइन्छ ।’
साम्राज्ञीले युट्युवरहरुलाई अन्तरवार्ता दिँदा फाइदा उनैहरुलाई भएपनि बदनाम भने कलाकारहरु हुनुपर्ने बताएकी छिन् ।

‘फाइदा पनी उनिहरुलाई नै हो, हामीलाई हेल्प गर्दिए जस्तो गरेर बोलाउने, इन्टरभ्यू लिने, बुझेजस्तो गरेर हाँसेर बोल्ने तर पछि पोस्ट गर्दा खेरी कतिपय कुराहरु काटिदिने, कति कुरा इडिट गर्दिने, कतिकुरा उछाल्ने, नराम्रो हेडलाइन बनाएर प्रकाशित गर्ने, म थाकिसकें ।’ उनले भनेकी छन् ।

उनले धेरै कलाकारहरु युट्युवरहरुका यस्ता हर्कतसँग समस्या रहेको बताएकी छिन् । उनले दुई वर्ष अघि नै अहिले भोगेको विषय बोल्न खोज्दा आफुले गाली पाएको बताएकी छिन् । आफुले चाहिने कुरा बोल्दा पनि गाली पाएको बताउँदै साम्राज्ञीले अबदेखि युट्युवहरु नचाहिएको जिकिर गरेकी छिन् । ‘हाम्रो खुट्टा तानेर, हाम्रो बेइज्यत गरेर हामीलाई उछालेर पैसा कमाउने मान्छेहरुकोमा फेरी आफ्नो वेइज्यत गर्न म नगएको हो ।’

पछिल्लो समय साम्राज्ञी कलाकार भुवन केसीसँगको विवादमा तानिएकी छन् । साम्राज्ञीले पहिलो चलचित्र खेल्दा देखि नै आफुले विभिन्न प्रकारको विभेद र दुर्ब्यहार भोगेको तथा जापानमा एउटा अवार्ड समारोहमा नायक भुवन केसीले आफुमाथि दुर्ब्यहार गरेको बताएकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *