गोरखा अस्पतालको आइसोलेसनमा उपचाररत कोरोना संक्रमितको मृत्यु

काठमाडौं । गोरखा अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको पालुङटार नगरपालिका-७ का ४४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उपचाका लागि अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएका ती पुरुषको आज बिहान ५ बजेर ५ मिनेट जाँदा निधन भएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मृतक दीर्घरोगी रहेको र कोरोना संक्रमणसँगै निमोनियाबाट ग्रसित रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. नविन थापाले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *